पोखराको नयाँबजारस्थित प्रदर्शनी यही फागुन ११ देखि १५ सम्म हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा सूचना प्रविधि संग्रहालय (आइसिटी म्युजियम) स्थापना गरिने भएको छ ।
सूचना तथा प्रविधिका क्षेत्रमा भएका पुराना प्रविधिलाई आम दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्यसहित संग्रहालय स्थापना गर्न लागिएको कार्यक्रम संयोजक पुरुषोत्तम कुँवरले जानकारी दिए ।
‘संग्रहालयबाट पुराना पुस्ताले सूचना प्रविधि क्षेत्रको आफ्नो बिगत सम्झनेछन् भने नयाँ पुस्ताले सूचना तथा प्रविधिको पुरानो प्रचलनलाई बुझ्ने अवसर पाउनेछन्,’ कुँवरले भने, ‘आइसिटीको क्षेत्रको परिवर्तन कसरी भइरहेको छ भन्ने ज्ञान पनि संग्रहालयबाट मिल्नेछ ।’
यसैबीच, क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो ।
इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको सचिव सेवक क्षितिजले बताए । मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहनेछन् ।

Related