सञ्चारमन्त्री प्रकरणमा लेखा समितिले प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन
तपाईको प्रतिक्रिया





प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया हाललाई स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले यो विषयमा विवाद देखिएको भन्दै तत्काललाई प्रेस खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।
सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीट कम्पनीका नेपाली एजेन्टसँग करोडौं रकम कमिसन मागेको अडियो सार्वजनिक भएसँगै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
Related