देश भर खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिरहेका छौं ; राखेप सदस्यसचिव
"खेलकुदको भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा सक्रिय हुनेलाई रकम "
तपाईको प्रतिक्रिया





राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले देशका ७ सय ५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिरहेको बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्यसचिव सिलवालले खेलकुदको भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा सक्रिय हुनेलाई रकम उपलब्ध गराउने बताए । ‘खेलकुद क्षेत्रको बिकासमा सक्रियरुमा लाग्नेलाई सरकारले आर्थिक समेत उपलब्ध गराउने छौं’ उनलेभने। ‘कामै नगरी बजेट माग्नेलाई दण्डसजायको ब्यवस्था गछौं।’
उनले गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको समेत बताए । राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० वटामा कुनै न कुनै खेल सञ्चालन हुने उनले बताए ।
उनले स्वीमिङ पुल निर्माणको लागि टेन्टर आह्वान गरेर काम सुरु गर्ने र क्रिकेटको लागि एक हप्ताभित्र थप काम थालनी गर्ने बताए ।‘गल्फ कोर्सको लागि न्यूनतम २ होल निर्माण गरी प्राक्टिक्स सुरु गछौं’ उनलेभने।‘सरकारी स्कुल तथा कलेजमा रहेका ठूला खेल मैदान (पीएन, अमरसिंह स्कुल), र प्रहरी सेनाले प्रयोग गरेका खेलमैदानलाइ कसरी उपयोग गर्ने भन्नेबारेमा समेत सरकारले सोच्दै छौं।’
देशभर कुनै न कुनै खेलकुद गतिविधि जारी रहेको भन्दै उनले यसबाट खेल क्षेत्र र खेलाडीको विकासमा सहयोग पुग्ने बिश्वस लिएको बताए।
उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताए । निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘अहिले कन्स्ट्रक्सन फेजमै छौं । आगामी चैतसम्म निर्माण पूरा हुनेछ ।’
सदस्यसचिव सिलवालल आगामी फागुन २२ देखि हुने १८ औं संस्करणको आहारारा गोल्डकप समेत पोखरा रंगशालामै हुने जानकारी दिए । त्यस बेला सम्म निर्माणाधिन रंगशालामा १३ हजारको संख्यामा सिट तयार गर्ने बताए ।
Related