• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुईको हत्यामा संलग्न पक्राउ, भोली सार्वजनीक गर्दै प्रहरी

  •      /१९ पुष २०७४, बुधबार ०९:१८ ,  प्रकाशीत
  • पोखरा । पर्यटकीय केन्द्र सराङकोट स्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलका मजदुरहरुको हत्याको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।
    प्रहरी अनुसन्धान हत्या नजिक पुगेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्ग बहादुर खत्रीले बताए। ‘हत्यामा संग्लग्नको नजिक हाम्रो अनुसन्धान पुगेको छ, भोली सम्म सम्पुर्ण घट्नाको वारेमा सार्वजनीक गछौं’ उनले भने। ‘रहस्यमय घटना र पक्राउ ब्यक्तिको एकैपटक सार्वजनिक गरिनेछ।’
    घट्नामा संग्लग्नको नजिक पुगेको प्रहरीले बताएपनि संग्लग्नको नाम भने प्रहरीले बताएको छैन।
    हत्यागरिएका दुई मजदूरको चार दिनपछि हिजोमात्र सनाखत भएको थियो । मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो। मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
    गम्भिर घाइते अवस्थामा फेलापरेका आङदाना शेर्पाको भने मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनी होसमा आएको प्रहरीले जनाएको छ। शेर्पा होसमा आएपछि घट्ना र हत्याका वारेमा प्रहरीलाई थप सफलता मिलेको हो।
    होटल निर्माणमा संलग्न चारजना मजदुर आइतवार बेलुका एकै ठाउँमा सुतेका थिए । भोलीपल्ट अवेला सम्म उनिहरु काममा नआएपछि उनीहरुका अन्य साथिहरुले खोजी गर्दा बस्दै आएको कोठामै दुईजना मृत्य र एक घाइते अवस्थामा फेला परेका थिए भने एक बेपत्ता भएका थिए।
    प्रहरीले बेपत्ता भएकालाई पक्राउ गरिसकेको जनाएको छ। प्रहरीले अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर छाडेको जनाएकोछ। मृतक दुईजना मजदूरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.