• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिंगापुर प्रहरीबाट रिटायर्ड भएपछि सिंगोर्खा सेक्युरिटी सञ्चालन

  •    शुभेच्छा न्यूज  /९ फाल्गुन २०७६, शुक्रबार २०:२३ ,  प्रकाशीत
  • सिंगापुर प्रहरीबाट अवकास भएर फर्केर नेपाल यहांका एक युवाले सेक्युरिटी कम्पनी खोलेका छन ।

    सिंगापुरमा २६ वर्ष पल्टने जागिर गरेर फर्केका पुरानो घर पर्वत बाच्छा विहादी गाउपालिका भइ हाल पोखरा बस्दै आएका नवीन गुरुङले सिंगोर्खा सेक्युरिटी सर्भिस सञ्चालनमा ल्याएका हुन ।

    सिंगापुर प्रहरीको इन्सपेक्टर–२ बाट अवकास भएपछि गुरुङले आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर काठमाण्डौमा संचालनमा आएको सेक्युरिटी कम्पनीको पोखरा शाखाको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

    सिंगोर्खा सेक्युरिटी सर्भिस कम्पनीको गण्डकी प्रदेश सभाका सदस्य विन्दु कुमार थापा र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

    सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभाका सदस्य विन्दु कुमार थापाले सिंगापुर प्रहरीबाट अवकास भइ पल्टनमा सिकेको सीपलाई नेपालमानै ब्यहारमा लागु गरी विभिन्न कम्पनी तथा अफिसहरुको सुरक्षा प्रदान गर्ने उद्देश्य राखेर सेक्युरिटी कम्पनी सञ्चालनमा ल्याइएकोमा खुसी ब्यक्त गरे ।

    थापाले आगामी दिनमा दक्ष तालिम प्राप्त सेक्युरेटी गार्डहरु उत्पादन गरी अत्याधुनिक तवरले सुरक्षा दिने तर्फ सञ्चालकले ध्यान दिनुपर्नेमा समेत जोड दिए ।

    त्यस्तै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आधुनिक जमाना संगै सेक्युरिटी गार्ड कम्पनीहरुले समेत आधुनिक तवरले सुरक्षा दिनुपर्नेमा जोड दिदै यस्ता निजी कम्पनीहरुले सुरक्षा संगै भुतपूर्व सैनीक, प्रहरी हरुलाई रोजगार समेत सिर्जना गरेको वताए ।

    पोखरा महानगरपालिकाका वडा नम्बर १० का अध्यक्ष राजकुमार गुरुङले युवाहरुलाई स्वरोजगार प्रदान गर्न सेक्युरेटी कम्पनीहरुले ठूलो भुमिका खेलेको वताए ।

    सिंगापुर प्रहरीका भूतपूर्व चीफ इन्स्पेक्टर हरिध्वज गुरुङले सेक्युरिटी गार्डले हतियार लिन नपाउने भएतापनि आफुले सिकेको सीपलाई ब्यवहारमा उतारी अफ्ठ्यारा परिस्थितीलाई समेत सामना गर्नुपर्ने भएकाले अति संवेदनशील पेशा भएको वताए ।

    पोखरामा शाखा रहेको सिंगोर्खा सेक्युरिटी सर्भिस प्रालिमा हाल ५० जना सेक्युरिटी गार्ड हरु रहेको र उनीहरु भारत र नेपालका भूतपूर्व सैनिक, प्रहरी साथै सेक्युरिटी अनुभवीहरु रहेको प्रालिका संचालक नविन गुरुङले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.