• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश नं ४ को मन्त्रिमण्डलले पूर्णता पायो, सोमबार थपिए ३ मन्त्री

  •      /१२ चैत्र २०७४, सोमबार १४:०४ ,  प्रकाशीत
  • कास्की चैत १२ । प्रदेश नम्बर ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । अहिले मन्त्री बनेका गुरुङ यस अघि प्रदेश प्रमुखको दावेदारकोरुपमा थिए। तर, पार्टीले पृथ्बी सुब्बा गुरुङलाई मुख्यमन्त्री बनाएको थियो। त्यसपछि उनले कुनै मन्त्री पदको दावी गरेका थिएन्। पछि थप्न बाँकी रहेका ३ मन्त्री पदको पदको अन्तिम चरणमा आएर उनले मन्त्री खाने इच्छा देखाएपछ मन्त्रीपरिषद बिस्तारमै अन्योलता बढेको थियो। अन्तत उनी मन्त्री भएरै छाडे।
    दास्रो पटक विस्तार गरिएको मन्त्रीपरिषदमा गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । उद्योग मन्त्रीमा यसअघि रामशरण बस्नेत थिए । बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाएर लम्साललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिईएको हो । यसअघि नवलपुरका सांसद रोशन गाहा थापालाई मन्त्री बनाउने तयारी भएपनि किरण गुरुङ सरकारमा आउन चाहेपछि गाहालाई पछि हटाईएको हो ।
    नवनियुक्त मन्त्रीहरुले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख बाबुराम कुवँरले उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । प्रदेश ४ मा गएको फागुन ४ गते नै मन्त्रीपरिषद् गठन भएको थियो ।
    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित उद्योगमन्त्री बस्नेतले सँगै शपथ लिएका थिए भने सोही दिन माओबादी तर्फबाट हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री बनेका हुन् । चुमान आन्तरिक मामिला तथा कानुन र थापा भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.