• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश स्तरीय यु–१६ क्रिकेट प्रतियोगितामा नवलपुर च्याम्पियन

  •    शुभेच्छा न्यूज  /१० फाल्गुन २०७६, शनिबार १९:४५ ,  प्रकाशीत
  • नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।

    पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शिर्षस्थान कायम गर्दै च्याम्पियन भएको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागि ५ टिमविचको सुुपर लिगमा नवलपुरले अपराजित रहँदै ८ अंक जोड्यो । दोश्रो स्थानमा रहेको कास्कीको ६ अंक थियो ।

    अन्तिम तथा निर्णायक खेलमा टस जितेर व्याटिङ्ग रोजेको नवलपुरले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो । जितका लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १ सय ८ रनमा समेटियो । फाइनल खेलमा ह्याट्रिक गर्न सफल नवलपुरका बलर सुसिल क्षेत्रि म्यान अफ द म्याच भएका थिए ।

    प्रतियोगितामा बाग्लुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्विकार श्रेष्ठ उत्कृष्ट बलर तथा प्रतियोगिताको एकमात्र शतक प्रहार गरेका नवलपुरकै दिपक डुम्रे उत्कृष्ट व्याट्स्म्यान भए ।

    जित संगै नवलपुरले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्ट्यान्सीका प्रमुख क्षितिज तुलाचन, प्रशिक्षक रिजन प्रजु लगायतले विजयी खेलाडीहरुलाई ट्रफि मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।

    सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ्ग पाइलट सविता तामाङ्गले प्याराग्लाइडिङ्ग टिकट उपहार प्रदान गरिन् ।

    आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई आगामी वर्षहरुमा निरन्तरता दिइने प्रतिवद्धता जाहेर गरे ।

    एकेडेमीका सचिव विजय भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.