• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चिनियाँ नफर्किंदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रभावित

"विमानस्थल बनाउन आउनुपर्ने चिनियाँ पनि उतै रोकिए "
  •    शुभेच्छा न्यूज  /१२ फाल्गुन २०७६, सोमबार ०७:३९ ,  प्रकाशीत
  • चीनमा कोरोना भाइरस संक्रमणका कारण नेपालका दुई ठूला विमानस्थल निर्माण प्रभावित भएको छ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ आफ्नो नयाँ वर्ष मनाएर फर्किन पाएका छैनन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आउनुपर्ने चिनियाँ पनि उतै रोकिएका छन्।

    भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा चीनबाट फर्किनुपर्ने दक्ष जनशक्ति मात्रै होइन, आवश्यक सामग्रीसमेत रोकिएका छन्। यो विमानस्थलमा भौतिक संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनीले लिएको छ।

    विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी २० प्राविधिक चीनमै रोकिएका कारण काम प्रभावित भएको बताउँछन्। यहाँ प्राविधिकसहित ४० चिनियाँ काम गर्छन्। उनीहरूसँगै ८० नेपाली निर्माणमा खटिएका छन्।

    उनका अनुसार उपकरण जडान गर्न ढिलाइ भएको छ। उपकरणहरूसमेत चीनबाट ल्याउनुपर्ने थियो। ‘आईसीबी वान’अन्तर्गत भइरहेको काममा टर्मिनल भवनमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ र धावनमार्गका लागि ‘लाइटिङ’ सामग्री चीनबाट ल्याउने हो। त्यहाँबाट हवाई उडान हुन नसक्दा उपकरण ल्याउन समस्या भएको उनी सुनाउँछन्।

    उनका अनुसार अब समयमा काम सक्न गाह्रो देखिएको छ। विमानस्थलमा १३ प्रतिशत मात्रै काम बाँकी छ। निर्माण सम्पन्न गर्न मार्च ३१ सम्मका लागि चौथो पटक म्याद थपिएको छ।

    यस्तै, पोखरा विमानस्थल फिनिसिङको काम गर्न सय जना चिनियाँ फेब्रुअरी ५ मा आइपुग्ने तालिका थियो। चीन सरकारले आउजाउमा रोक लगाएपछि उनीहरू उतै रोकिएका छन्।

    एयर ट्राफिक टावर, टर्मिनल, हेंगरलगायत भवन फिनिसिङको काम, इक्विपमेन्ट इन्स्टल गर्ने प्राविधिकसहित विमानस्थलबाट मुख्य सडकसम्म जोड्ने रोड ढलान गर्ने मजदुर रोकिएको आयोजनाका प्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेल बताउँछन्।

    यसले काममा केही असर गरे पनि तोकिएको मितिभन्दा ६ महिनाअघि निर्माण सक्ने योजनामा असर नपर्ने उनको दाबी छ।

    आजको अन्नपूर्ण पोष्टबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.