• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा ठुलो परिणमको घरेलु मदिरा बरामद पछि नष्ट

  •    शुभेच्छा न्यूज  /१२ फाल्गुन २०७६, सोमबार ०९:०३ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्माबजारबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

    बजार क्षेत्रभित्रै अबैध रुपमा व्यासायिक प्रयोजनका लागि उत्पादन हुँदै आएको गुनासो बढेपछि प्रहरीले आइतवार विहानैदेखि छापा हानेको थियो ।

    कुश्माबजारको वडा नं. ४ र वडा नं. ५ वाट झण्डै आधा दर्जन भन्दा बढि घरवाट ४ हजार ५ सय लिटर मदिरा बरामद गरिएको प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।

    उनका अनुसार विभिन्न क्षेत्रमा अबैध र गुणस्तरहिन घरेलु मदिरा उत्पादन, विक्रि बितरण तथा सेबन गरि दैनिक रुपमा घरायसी झै–झगडा, सवारी दुर्घटना, लैङ्गिक हिँसाका घटना तथा जघन्य प्रकृतिका घटना घटिरहेको साथै छरछिमेकबाट समेत गुनासाहरु बढेपछि प्रहरीले उत्पादन हुने स्थानको खोजी गरेको हो ।

    प्रहरीको टोलीले तयारी अवस्थामा रहेको लोकल मदिरा र मदिरा बनाउने कच्चा पदार्थ गरी झण्डै ४ हजार ५०० लिटर र रक्सी बनाउने भाडाहरु बरामद गरेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।

    उक्त मदिरा कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालयको प्राङगणमा आइतवारै नष्ट गरिएको थियो ।

    प्रहरीले बजार क्षेत्रमै यसैगरी लुकिछिपी मदिरा उत्पादन गर्नेहरुलाई कडाई गर्ने जनाएको छ भने अन्य स्थानीय तहहरुमा पनि अभियानकै रुपमा मदिरा नष्ट गरिने प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.