कार्यकर्ता पक्राउको बिरोधमा नेविसंघद्धारा चक्काजाम
"आफ्ना सदस्यलाई झुटा मुद्दा लगाएर फसाउँन खोजिएको "
तपाईको प्रतिक्रिया





नेपाल बिद्यार्थी संघले आफ्ना कार्यकता राजेश हमाललाई प्रहरीले पक्राउ गरेको विरोधमा चक्काजाम गरेको छ । यही फागुन ८ गते नेविसंघका विद्यार्थी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको थियो ।
उक्त झडममा नेविसंघका हमाल सहितका केही विद्यार्थीले आफुलाई कुटपिट गरेको भन्दै विराट दवाडी र विशाल पन्तले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि प्रहरीले हमाललाई पक्राउ गरेको हो ।
नेवि संघले राजेश पक्राउ परेको विरोधमा गण्डकी प्रदेश सभा अघि टायर बालेर आधा घण्टा चक्काजाम सहित नाराबाजी गरेको हो ।सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउँन खोजिएको भन्दै नेवि संघले विरोध जनाउँदै आएको छ ।
गत निर्वाचनमा पृथ्बीनारायण क्याम्पसमा स्ववियु सभापति उम्मेद्वार बनेका राजेशलाई क्यामपस प्रमुखले वार्ताको लागि बोलाएर प्रहरीलाई खबर गरी पक्राउ गराएको नेविसंघले आरोप लगाएको छ ।
नेवि संघका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितान मगर, युवराज पौडेल र अक्कल क्षेत्री विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
नेवि संघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले आफ्ना सदस्यलाई झुटा मुद्दा लगाएर फसाउँन खोजिएको बताए । ।उनले क्याम्पस प्रमुखको राजिनामा सहित हमाललाई बिना शर्त रिहाई गर्न माग गरे ।
ढकालले आफ्ना मागहरु पूरा नभए सरकारी गाडि बन्द गर्ने र चरणबद्ध शैक्षिक हड्तालमा उत्रिने चेतावनी दिए।
Related