मुलुकमै पहिलो पटक पोखरा बिश्वबिद्यालयमा उद्यमशिलता बिकासमा चार बर्षे स्नातक तहमा अध्यापन हुने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा ।पोखरा बिश्वबिद्यालयमा मुलुकमै पहिलो पटक उद्यमशीलता बिकास सम्बन्धी चार बर्षे स्नातक हको पाठ्यक्रम लागु हुने भएको छ ।
उद्यमशिलता विकासद्धारा आर्थिक समृद्धि हासिल गर्ने तथा समग्र देश विकासमा टेवा पु¥याउने उदेश्यले देशमै पहिलो पटक पोखरा बिश्वबिद्यालयले उद्यमशिलता विकास विषयमा ४ वर्षे स्नातक तहको कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।
पोखरा बिश्वबिद्यालयमा मानविकी तथा सामाजिक शास्त्र संकायमा उक्त कार्यक्रम लागु गरिने भएको छ । स्नातक तहमा कार्यक्रम लागु गर्नका लागि अहिले पाठ्यक्रम बिकास गर्ने काम अन्तिम चरणमा पुगेको उपप्राध्यापक डा. अजय थापाले जानकारी दिए । उक्त उद्यमशिलता विकास सम्वन्धि विषयको स्नातक तहको कार्यक्रममा सहभागीहुने विद्यार्थीहरुले निजी क्षेत्रमा उद्यमशिलता विषय, सामुदायीक उद्यमशिलता विषय र उद्यमशिलता विकास सहजकर्ता जस्ता विषयमा स्पेसलाईजेसन गर्न पाउने व्यवस्था गरिएको छ ।
यसैबिच उद्यमशिलता बिकास कार्यक्रमको पाठ्यक्रम विकासकालागि बिभिन्न सरोकारवाला निकाय र दातृ निकायको सहभागितामा तीन दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ । उद्योग मन्त्रालय एवं लघुउद्यम विकास कार्यक्रम, संयूक्त राष्टसंघ विकास कार्यक्रम नेपालको सहकार्यमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्धारा ३ दिने कार्यशाला आयोजना गरिएको हो । उक्त कार्यशालामा नेपाल सरकार उद्योग मन्त्रालय, पोखरा विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, लघुउद्यम विकास कार्यक्रम, संयूक्त राष्टसंघ विकास कार्यक्रम नेपाल आदी सस्थामा कार्यरत उद्यमशिलता विकास सम्बन्धि विषय र विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता थियो ।
Related