पोखरामा सवारी दुर्घटनामा २ जनाको मृत्यु
"मृत्यु हुनेमा स्याङ्जा आरुचौर घर भई पोखरा चाउथे बस्ने ईश्वर र मेघबहादुर "
तपाईको प्रतिक्रिया





पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १४ चाउथेमा बुधबार माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका एउटै परिवारका २ जना दाजुभाइको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ५, आरुचौर घर भई हाल पोखरा महानगरपालिका– १४, चाउथे बस्ने ३३ वर्षीय ईश्वरबहादुर क्षत्री र ३८ वर्षीय मेघबहादुर क्षत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।
ग १ ख ९५९५ नम्बरको माइक्रो बसले ग१४प ५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका क्षत्री दाजुभाइको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको डीएसपी केसीले बताए ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Related