• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दोश्रो गार्डेन कप क्वाटरफाइनल चरणमा

  •    शुभेच्छा न्यूज  /१५ फाल्गुन २०७६, बिहीबार २०:४५ ,  प्रकाशीत
  • ड्यामसाइड क्लव, मेरो नेपाल, संगम एफसी, बिटी क्लव, एलजी एशोसिएसन, गार्डेन युवा क्लव ‘ए’ दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

    बिहीबार भएको प्रि क्वाटरफाइनल खेलमा जित हाँसिल गर्दै ति क्लवहरुले अन्तिम आठमा आफ्नों स्थान बनाएका हुन् ।

    गार्डेन युवा क्लवद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा ड्यामसाइडले युनाइटेड एफसीलाई ४–० गोलले पराजित गरेको थियो ।

    खेलमा ड्यामसाइडका सुनिल विकले २ तथा रबि थापा र संजिब बुढाथोकीले १÷१ गोल गरे । अर्को खेलमा मेरो नेपालले भ्यालि स्पोर्टस क्लवमाथि २–१ को जित निकाल्यो । मेरो नेपालको तर्पmबाट प्रदिप गुरुङ्ग र सौरभ कार्कीले समान १÷१ गोल गरे भने भ्यालिका विजय गुरुङ्गले १ गोल गरेका थिए ।

    संगम एफसीले भने ब्रदरहुडमाथि ७–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलको बाटो खुलायो । संगमको जितमा बेलप्रसाद गुरुङ्ग एक्लैले ५ गोल गरेका थिए । सुमित श्रेष्ठ र सुनिल घोतानेले पनि एक एक गोल आ–आफ्नों नाम गराए ।

    बिहीबारनै भएको प्रतिस्प्रधात्मक खेलमा बिटी क्लवले टाई ब्रेकरमा बाजि मार्दै क्वाटरफाइनलको यात्रा तय गर्दा एम–१२ प्रतियोगिताबाट बाहिरियो । निर्धारित समयको खेल १÷१ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा बिटी ३–२ गोलले विजयी भएको हो । त्यस्तै, एलजी एशोसिएसनले स्याँग्जा अभियान क्लवलाई ५–० गोलले पराजित ग¥यो ।

    खेलमा एलजीका सिन्कमान तामाङ्गले ह्याट्रिक गरे भने विजय गुरुङ्ग र रमेस मगरले पनि १÷१ गोल गरे ।आयोजक गार्डेन विदेशी खेलाडीको निर्णायक गोलको मद्धतमा अन्तिम आठमा प्रवेश ग¥यो ।

    खेलमा अफ्रिकन मुलका खेलाडी एलेक्सले पहिलो हाफमा गरेको एक गोलनै निर्णायक गोल बन्दा त्रिशक्ती ‘ए’ लाचाहोकले पनि प्रतियोगिताबाट विदा लियो । अन्तिम खेलमा मालेपाटनसंग ३–२ ले पराजय व्यहोरेसंगै त्रिशक्तिको ‘बि’ टिमपनि प्रतियोगिताबाट बाहिरियो ।

    प्रतियोगिता अन्तर्गत रन्जन मेमोरियलले यसअघिनै क्वाटरफाइनलमा स्थान बनाइसकेको थियो । शुक्रबार क्वाटरफाइनलका खेलहरु हुने आयोजक गार्डेन युवा क्लवका अध्यक्ष विनोद गुरुङ्गले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.