स्याङ्जामा भएको प्याराग्लाइडिङ दुर्घटनाका घाइेतलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो
तपाईको प्रतिक्रिया





स्याङ्जामा प्याराग्लाईडिङ् दुर्घटना दुर्घटना भएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाको बयरघारी बजार नजिकै प्याराग्लाईडिङबाट खसेर एक जना घाईते भएका छन् ।
प्याराग्लाईडिङबाट खसेर फान्सका नागरीक साईमन हेनरी ब्रोलि घाईते भएका हुन् ।भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याराग्लाईडिङ अवतरण गर्ने क्रमममा विद्युतको तारबाट जोगिन खोज्दा फान्सका नागरीक साईमन घाईते भएको बाबु एडभेन्चर अन्तराष्ट्रिय स्कुलका संस्थापक अध्यक्ष सानु बाबु सुनुवारले जानकारी दिए /
घाईते साइमनलाई तत्काल फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत घाइते साइमनलाई गम्भिर चोट नलागे उनि सामान्य अवस्थामा रहेको संस्थापक अध्यक्ष सुनुवारले जानकारी गराए।
अहिलेसम्म विजुलीको तारकै कारण यस क्षेत्रमा पाँच पटक प्याराग्लाईडिङ दुर्घटना भैसकेको छ भने यस अघि पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको पनि संस्थापक अध्यक्ष सुनुवारले बताए /
Related