आजको पञ्चांग
आज मिति २०७६ फाल्गुन १८ गते आइतबार, इस्वीसंवत मार्च १ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको षष्ठी तिथि २ घटि १२ पला अर्थात बिहानमा ७ बजेर २३ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज रोहिणी नक्षत्र, विष्कुम्भादि योगमा ऐंन्द्र, करणमा गर ३३ घटि ३६ पला अर्थात साँझमा ७ बजेर ५७ मिनेटम्म त्यसउप्रान्त भद्रा करण लाग्नेछ भने आनन्दादि योगमा धूम्र रहनेछ ।
सूर्य कुम्भ राशिमा, चन्द्रमा मेष राशिमा ८ घटि ३२ पला अर्थात बिहानमा ९ बजेर ५५ मिनेटसम्म त्यसपछि वृष राशिमा प्रवेश गर्नेछ । आज दिनमान २८ घटि ५३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ३० मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका लाथि आज बिहान १० बजेसम्मको समय मध्यम शुभ छ । त्यस पश्चात् खराब रहनेछ । आज महत्वपूर्ण कार्य, यात्रा, नयाँ कामको थालनी गर्नुछ भने बिहान १० बजे अघि गर्नुहोला । आज पानीमा डुब्ने डर रहेकोछ, विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । टाढाको यात्रा पनि नगर्दा राम्रो हुने देखिन्छ ।
मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा सम्पन्न हुनेछन् । शनि ग्रह शान्तिका लागि विष्णु भगवानको पूजा, पीपलमा जल चडाउने, वृहस्पति ग्रह शान्तिका लागि बंगलामुखीको दर्शन गर्ने र राहु केतु ग्रह शान्तिका लागि बटुक भैरवको पूजा तथा दर्शनका साथै आफ्नो इष्टदेवको पूजा गर्नाले लाभ मिल्नेछ । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।
वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय अत्यन्त शुभ रहनेछ । भाग्य स्थानमै रहेका चन्द्रमाको प्रभावले स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन रहेको छ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ, समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ ।
वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशिहरू ईमान्दार र विश्वासिला हुन्छन् । यिनीहरू व्यवहारिक जीवन जिउनमा विश्वास गर्छन् । वृष राशिसँग सम्बन्धको बारेमा राम्रो अनुभव हुन्छ । धनु र वृष राशीलाई नराम्रो जोडीको रुपमा मानिन्छ । यस्तै वृष राशिका लागि ५, १३, २६, २७, ४५ वर्ष केही मात्रामा कष्टदायी हुनेछन् । यी राशिका महानुभावहरू अत्यन्त सामाजिक हुन्छन् । इष्टमित्र, दाजुभाईहरूको आदर सत्कार गर्नु यिनीहरूले इश्वरको पूजा सम्झन्छन् । वृष राशिका जातकहरूमा आफ्नो प्रेमी प्रेमिका प्रति जतिसुकै ठूलो बलिदान गर्न पनि तयार हुन्छन् ।
तर जसलाई यिनीहरू घृणा गर्न थाल्छन् । त्यसलाई जीवनभर माफ गर्न सक्दैनन । वृष राशिका जातकहर दृढ, स्वभावका र आफ्नो कार्यप्रति लगनशील हुन्छन् भने यिनको विशेष गुण भनेको भारी शारीरिक एवं मानसिक सहन शक्ति हो ।
साथै वृष राशि भएकाहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानशिक शान्ति मिल्नेछ । मंगलवार गणेशजी, शनिवार भैरवजी र सोमवार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले ग्रहबाधा कम हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।
मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज अत्यन्त खराब रहनेछ । शत्रुस्थानको चन्द्रमाको प्रभावले चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था आज रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।
मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामीराशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगलामुखीको भक्तिभावका साथ पूजा तथा आराधाना गर्नाले पनि लाभ मिल्नेछ ।
कर्कट : आज कर्कट राशिका लागि आज समय शुभ छ । एक्कासी आम्दानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । नयाँ व्यवसाय आज शुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । आज जे काम गर्दै हुनुहुन्छ प्रतिफल राम्रै पाइनेछ । टाढाको यात्रा रमाइलो र फलदायी हुनेछ ।
कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । आर्थिक दृष्टिकोणले कर्कट राशिका लागि वैशाख, जेठ, कात्तिक र पुष महिना शुभ रहनेछन् । स्वास्थ्यका दृष्टिले वैशाख, जेठ, असोज, मंसिर महिना राम्रो रहनेछ । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना तथा शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा तथा आराधाना गर्दा लाभ मिल्नेछ । यस्तै, शिवजीको दर्शन, पूजा एवं आराधना गर्नुहोला । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो भने राम्रो हुनेछ । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि र मनोकांक्षा पनि पूरा हुनेछ ।
सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने संभावना बलियो छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना छ । सोचेअनुसार लाभ लिन कडा परिश्रम गर्नुपर्नेछ । आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएका व्यक्ति एड्भाइजर, ज्योतिष, इञ्जिनियर, चिकित्सक, वैज्ञानिक, सेनामा बढी सफल हुन्छन् । यस्ता राशि भएका व्यक्तिहरु निकै कुशल मेनेजर समेत बन्न सक्छन् । यी व्यक्तिका लागि सबै बिजिनेश विषय अनुकुल हुन्छ । कमर्स, अकाउण्ट र कानूनमा पनि अधिक सफलताको संभावना हुन्छ । वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, साउन, कात्तिक र फागुन महिना कष्टदायी रहनेछन् । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना तथा शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा तथा आराधाना गर्दा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न बगलामुखी र शिवजीको तथा सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँग झगडा हुन सक्छ । जोसंग पनि कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ला, आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ । कम्मर दुख्ने समस्याले तनाव बढ्नेछ । यात्राका क्रममा कसैले नशालु पद्धार्थ खुवाउन या सुँघाउन सक्नेछन् विशेष ख्याल गर्नुहोला । समय खराब रहेकाले सबै कार्यमा सतर्क हुनुहोला ।
कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिका लागि शिक्षा तथा शिक्षण, लेखन, अभिनय, म्यूजिक क्षेत्रमा अधिक सफलता प्राप्त हुन्छ । यस्ता व्यक्तिका लागि जिओलोजी, फिजिक्स, केमेस्ट्री, गणित, अकाउण्ट बिषय अनुकुल हुन्छ । अत्यधिक सफलताका लागि हरियो कपडा लगाउनुहोस् । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । मंगलवार एवं शनिवार दुर्गा पाठ तथा हनुमान चालिसाको पाठ गर्ने र प्रत्येक बुधबार गाईलाई हरियो घाँस दिनाले भाग्यमा वृद्धि हुनेछ । साथै शनिको प्रतिकूल प्रभावबाट मुक्त हुन आफ्ना इष्टदेवता, हनुमानजी, महाँकाल र काली भगवतीको उपासना गर्नुहोला । शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।
तुला : तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । विशेषगरी आज पानीबाट खतरा छ, सतर्क रहनुहोला । आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ, सतर्क हुन आवश्यक छ ।
तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । यो राशि भएका व्यक्तिका लागि अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको क्षेत्र फाप्छ । यही क्षेत्रसँग सम्बन्धित नोकरी गर्नु वा व्यापार गर्नु लाभदायक हुन्छ । एकाउण्ट, अर्थशास्त्र, वनस्पति शास्त्र, गणित विषय चयन गर्नु शुभ मानिन्छ । प्रतिकूल समयमा देवीको दर्शन, पूजा तथा आराधना, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार तथा लक्ष्मीजीको दर्शन, पूजा एवं उपासना गर्नाले लाभ मिल्नेछ । वृद्ध तथा रोगीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । शनिवार पीपलमा जल चढाई कागलाई खानेकुरा दिनले ग्रहपिडा कम हुनेछ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले नीलो वस्त्र लगाउनुहोस् भने हनुमान चालिसाको पाठ गर्दा राम्रो हुनेछ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्र्रो रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी/प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । राम्रो समयको सही उपयोग अवश्य गर्नुहोला । नयाँ–नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ । हार्डवयर सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । आर्थिक दृष्टिकोणले वैशाख, भदौ, असोज र फागुन महिना शुभ रहनेछ भने स्वास्थ्यको हिसावले असार, कात्तिक, मंसिर र फागुन महिना कमजोर रहनेछन् । यो राशि भएका व्यक्तिका लागि सेना, प्रहरी, रक्षा, कानून, सामाजिक सेवा, राजनीतिको क्षेत्रमा अधिक सफलता प्राप्त हुन्छ । फिजिक्स, गणित, कानून, अकाउण्ट, राजनीतिशास्त्र, होटल म्यानेजमेन्ट, मानव संशाधन जस्ता विषय रोज्नु लाभदायक हुन्छ । यी विषयसँग जोडिएका व्यापार व्यवसाय पनि यस्ता व्यक्तिका लागि श्रेयस्कर हुन्छ । वृश्चिक राशि भएकाहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । दान–पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । मंगलवार गणेशजी र शनिवार भैरवजीको दर्शन गर्नाले लाभ मिल्नेछ । काली भगवती र हनुमानजीको पूजा–आराधना गर्नाले शनिको साढेसाती दोष कम हुनेछ । वटुकभैरव र छिन्नमस्ता देवीको पूजा गर्दा राहुदोषमा कमी आउनेछ । अधिक सफलताका लागि यो राशि भएका व्यक्तिले रातो रंगको कपडा लगाउनुपर्छ भने हनुमानको पूजाअर्चना गर्नुपर्छ ।
धनु : धनु राशिका लागि आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीन अथवा कलकारखाना सम्बन्धी काम गर्नु छ भने आज लाभ हुनेछ । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने आज पैसा खूब कमाउनुहुनेछ । जताबाट पनि तपाईंलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ भरपूर उपयोग गर्नुहोला ।
धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठका साथै शिवजीको उपासना लाभदायी रहनेछ । शनिबार पीपलमा जल अर्पण पनि शनि शान्तिका निम्ति उत्तम रहनेछ ।
मकर : मकर राशि भएकाहरूका लागि आजको समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । आँपूm मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा आँपूm तटस्थ रहनु नै राम्रो हुनेछ । व्यापार र व्यवसायमा आज त्यति लाभ देखापर्ने छैन । परिवारको कुनै सदस्यलाई औषधी उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।
मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । साथै दुर्गाजीको दर्शन, पूजा एवं आरधना गरि दुर्गा पाठ गर्ने र शनिवार पीपलमा जल चढाउने, हरेक मंगलवार हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । भोका व्यक्ति र निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ : कुम्भ राशिका लागि आज चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना त्यत्तिकै रहेको छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन, टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले हनुमान चालिसाको पाठ एवं शिवजीको दर्शन आराधना र पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय शुभ छ । आरोग्यता, प्रशन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुनेछ । सोचेका सबै धार्मिक काममा राम्रो सफलता मिल्नेछ । कुखुरा पालन व्यवसाय तथा फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आजबाट शुरु गर्नुहोला । जग्गा किन्दै हुनुहुन्छ भने पनि आज बैनापट्टा गर्दा राम्रो हुनेछ ।
मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । शनिवार महामृत्युञ्जयको जप तथा हनुमान चालीसाको पाठ गर्ने र कुकुरलाई रोटी दिनाले ग्रहपिडा कम भई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । निमुखा प्राणीहरूलाई आहार दिने र घरमा केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।
साइत ः आज चन्द्रमा बिहान १० बजेसम्म मेष राशिमा रहेकाले पूर्व र उत्तर, त्यस पश्चात् पूर्व र दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज आइतबार पश्चिम दिशाको यात्रा गर्नु शुभ मानिंदैन । यदि अन्य दिशातर्फ बाध्यतावस जानै परेको छ भने घरबाट निस्कनु अघि झोलामा १ माना चामल, १ वोत्तल चोखो पानी राख्नुहोस्, घर नजिकैको सकेसम्म शिव भगवानको मन्दिरलाई दाहिने पारि एक फन्को परिक्रमा गरेर यात्रा शुरुवात गर्नुहोस् । यी धार्मिक उपाय हुन् । यति गर्नुभएमा तपाइँलाई यात्रामा दोष लाग्ने छैन ।
आजको शुभ लाभादि बेला
बिहान ६ः३० बजेदेखि ८ः०० बजेसम्म उदेग बेला
बिहान ८ः०० बजेदेखि ९ः३० बजेसम्म चर बेला
बिहान ९ः३० बजेदेखि ११ः०० बजेसम्म लाभ बेला
दिउँसो ११ः०० बजेदेखि १२ः३० बजेसम्म अमृत बेला
दिउँसो १२ः३० बजेदेखि २ः०० बजेसम्म काल बेला
दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म शुभ बेला
दिउँसो ३ः३० बजेदेखि ५ः०० बजेसम्म रोग बेला
दिउँसो ५ः०० बजेदेखि ६ः३० बजेसम्म उद्धेग बेला
यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
ज्यो. हरि पन्त

https://youtu.be/462hF5QPePA
Related