• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हिमाली संस्कृती अंगालेको पौराणिक गीति नाटक प्रदर्शनी

  •    शुभेच्छा न्यूज  /१८ फाल्गुन २०७६, आईतवार २०:०४ ,  प्रकाशीत
  • पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधी समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ ।

    हिमाल पारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीद्धारा स्थापना गरिएको पेमा छाल गुम्बामा नेपाल तिव्वेत ल्हामो समाजका कलाकारहरुले पौराणिक कथा बोकेको गीति नाटक प्रदर्शन गरेका हुन ।

    हिमाली क्षेत्रमा हुने विविध गतिविधीलाई समेटेर गौतम बुद्धको ज्ञानको सन्देश दिने र कोही कसैले लोभ लालचमा पर्न नहुने सन्देश प्रदान गर्ने सार बोकेको गीति नाटकले समाज परिवर्तन संगै हिमाली क्षेत्रको रहन सहनलाई समेत प्रवद्र्धन गरी नया पुस्तालाई पुरानो संस्कृतीको बारेमा जानकारी दिने उद्देश्यले उक्त नाटक प्रदर्शन गरिएको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

    दुई दशक पहिले उपल्लो मुस्ताङको लो सात क्षेत्र लोमन्थाङमा पौराणिक गीति नाटकहरु मन्चन गरिने गरेको भएतापनि पछिल्लो समय युवाहरु पलायन हुन थालेपछि नाटक मन्चन हराउदै गइरहेको र फेरिपनि त्यसलाई पुनर्जागरण गर्नका लागी पनि यस्ता नाटकले महत्वपूर्ण भुमिका राख्ने समेत विष्टले वताए ।

    पौराणिक नाटक बनाउने नेपाल तिब्बेतियन ल्हामो समाजका ग्याल्पो लामाले हिमाली क्षेत्रको पहिचानलाई उजागर गराइ विशेष गरी सकारात्मक सन्देश प्रदान गर्ने गरी आफुहरुले पौराणिक गितीनाटन प्रदर्शन गर्दै आइरहेको वताउछन ।

    हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायका युवा युवतीहरुलाई समेटेर आफुहरुले विशेष कक्षा दिएर गीति नाटकहरु मन्चन गर्दै आइरहेको र पछिल्लो समय युवा युवतीहरु यसमा निकै लालायित भएर लागेको उनको भनाइ रहेको थियो ।

    नाटकमा अभिनय गर्ने अभिनेत्री थिन्ले ल्हामोले गीति नाटकको माध्यामबाट समाजमा सकारात्मक सन्देस प्रदान गर्न पाउदा निकै खुसी लागेको वताउदै आफुहरुले धेरै दिनको मेहनतबाट गीति नाटकहरु तयार पार्ने भएकाले पनि अभिनय समेत राम्रो हुने वताइन ।

    आफुले फिल्ममा समेत अभिनय गरेको अनुभव रहेकाले आफ्नो संस्कृतीको संरक्षण र प्रवद्र्धनका लागी युवापुस्ताहरुले चासो दिनुपर्नेमा उनको जोड रहेको थियो ।

    उपल्लो मुस्ताङबासीहरुको गुम्बा पेमा छाल गुम्बामा विभिन्न चाडपर्वको वेला उपल्लो मुस्ताङको संस्कृती समेट्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन हुने गरेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.