रोल्पा नगरपालिका ९, ह्वामाकी राजकुमारी डाँगी ३ बर्षिय नाबालकलाई छोडेर बेपत्ता भएकि छिन ।
गएको माघ १७ गते राति घरबाट निस्केको ससुरा भान सिङ्ग डाँगीले बताए । अहिलेसम्म उनि कहाँ र कस्तो अबस्थामा छन् भन्ने बारे केहि थाहा नभएको पारिवारिक स्रोतले बतायो ।
श्रीमान कबिराम डाँगी रोजगारको सिलसिलामा बिगत २ वर्ष देखि मलेसियामा छन् । घरमा सासु र ससुरा संग ३ बर्षिय छोरा हुर्काउदै बसेकी २२ बर्षिय श्रीमती एक्कासी हराएपछि बैदेशिक रोजगारमा रहेका श्रीमान पिडामा छन् । उनले श्रीमती खोजिदिन हारगुहार गरिरहेका छन् ।
बुहारी हराएपछि ससुराले जिल्ला प्रहरी कार्यलय लिबाङ रोल्पामा खोजीगरिदिन दुई पटकसम्म निबेदन दिएका थिए । हराएको महिना दिन बितिसक्दा समेत अझै भेटिएकी छैनन् । प्रहरी प्रसासनले खोजीकार्यमा उदासिनता देखाएको परिवारको गुनासो छ ।

Related