• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्वस्थ जीवनका लागि व्यायाम ; मन्त्री गुरुङ्ग

"खुल्ला व्यायामशालाले प्राकृतिक चिकित्सालयको जस्तै काम गर्ने  "
  •    शुभेच्छा न्यूज  /१९ फाल्गुन २०७६, सोमबार १७:३२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांस मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गैरहेको बताएका छन् ।

    पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशाला तथा पार्कको उद्घाटन गर्दै, मन्त्री गुरुङ्गले जीवन शैली सुधार गर्न जीवनशैलीको सुधार र शारिरिक व्यायम आबश्यक रहेको बताए । उनले सवैको पहुँच प्राप्त हुने गरी निर्माण भएको खुल्ला व्यायामशालाले प्राकृतिक चिकित्सालयको जस्तै काम गर्ने उल्लेख गरे ।

    मन्त्री गुरुङ्गले गण्डकी प्रदेश सरकारले पोखरालाई खेलकुद र पर्यटनको हवका रुपमा विकास गर्ने गरी योजना बनाएर अघि बढेको स्पष्ट पारे । उनले गण्डकी प्रदेश सरकार दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने बाटो तर्फ उन्मुख रहेको उल्लेख गर्दै, त्यसको परिणामका लागि दुई बर्ष धैर्य गर्न आग्रह गरे ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि ले स्वस्थ नागरिक स्वस्थ महानगरको अवधारणा अनुसार नगरका विभिन्न वडामा खुल्ला व्यायमशालाको निर्माण गरिएको स्पष्ट पारे । उनले निर्माण भएका संरचनाको सरक्षण गर्न जोड दिदै, महानगर २० बर्षे गुरुयोजना निर्माण गरेर अघि बढ्ने खोजेको स्पष्ट पारे ।

    पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वडा नंं २९ वडाकमिटीका अध्यक्ष तिल कुमारी थापा, नेपाली काग्रेस वडा नं. २९ वडा इकाई सभापति दिपकमणि भण्डारी, आदर्श युवा क्लवका सहसचिव लक्ष्मी गुरुङ्ग लगायतले निर्माण भएका संरचनाको संरक्षणमा जोड दिएका थिए ।

    खुल्ला व्यायामशाला तथा पार्क पोखरा महानगरको ४९ लाख रुपैयाको आर्थिक सहयोगमा निर्माण भएको हो । पार्क निर्माणको संयोजक स्थानीय आदर्श युवा क्लवले गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.