• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्री आफ्नै निर्णय बिरुद्ध ; २४ घण्टा नबित्दै महोत्सव उद्घाटनमा

" आफ्नौ निर्णय बिरुद्ध मुख्यमन्त्री "
  •    शुभेच्छा न्यूज  /२४ फाल्गुन २०७६, शनिबार १६:४३ ,  प्रकाशीत
  • कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै गण्डकी प्रदेश सरकारले बिहीबार बसेको मन्त्रीपरिषद बैठकबाट प्रदेशभर मेला महोत्सव, वार्षिकत्सव तथा धेरैजना सहभागी हुने कुनै पनि कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको थियो।

    निर्णय भएको २४ घण्टा नबित्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार लमजुङ सदरमुकाम बेसीसहरमा आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव उद्घाटन गर्न पुगे। मुख्यमन्त्री गुरुङले महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेकाले सञ्चालन गर्न अनुमति दिएको बताए।

    उनले पोखरामा जारी आहा रारा गोल्डकप र लमजुङमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सञ्चालनमा अनुमति दिएको बताए। जिल्ला प्रशासन कार्यालय लमजुङले पनि बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाभित्र मेला महोत्सव, सार्वजनिक भेला जस्ता कार्यक्रम गर्न रोक लगाएको थियो। तर, शुक्रबारदेखि सुरु भएको महोत्सवमा प्रशासन र सुरक्षा निकायका प्रमुख नै मञ्चमा उपस्थित थिए।

    गण्डकी प्रदेश सरकार र स्थानीय प्रशासनले मेला महोत्सव आयोजना गर्न रोक लगाए पनि जिल्लामा तीनवटा महोत्सव सञ्चालन भइरहेका छन्। बेसीसहरमा आदिवासी जनजाति सांस्कृतिक पर्यटन महोत्सव, सुन्दरबजारमा तमु सांस्कृतिक महोत्सव र पर्यटकीय गाउँ पसगाउँमा पसगाउँ ग्रामीण पर्यटन महोत्सव सञ्चालन भइरहेको छ।

    मुख्यमन्त्री गुरुङले महोत्सवबाट कोरोना भाइरस विरुद्धको सचेतना जगाउने कार्य गर्नुपर्ने धारणा राखे। उनले मेला महोत्सवले स्वदेशी उत्पादन र बजारको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, लमजुङको आयोजनामा बेसीसहरमा दोस्रो जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव भएको हो। महोत्सव मुल आयोजक सममितिका संयोजक हरिजंग तामाङले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले गरेको स्वास्थ्य सचेतनाको सम्मान गर्दै महोत्सव अवधिभर स्वास्थ्य सचेतनाको कार्यक्रम तथा महोत्सवलाई सचेतना मञ्चको रूपमा प्रयोग गर्ने बताए।

    मौलिक संस्कृति, भाषा र सभ्यता हाम्रो पहिचान! एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने नाराका साथ सुरु भएको महोत्सव चैत २ गतेसम्म सञ्चालन हुनेछ।

    महोत्सवमा साँस्कृतिक झाँकीसहित प्रभातफेरी, शैक्षिक, विज्ञान तथा कृषि प्रदर्शनी, बाल उद्यान, बालमेला सूचना प्रविधि सम्बन्धी जानकारी तथा मेला, स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, आदिवासी समुदायको दैनिक रूपमा नौवटै समुदायको सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति समुहबीच साँस्कृतिक प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.