• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीकोटका ४७ जना नेकपा प्रवेश

  •    शुभेच्छा न्यूज  /२६ फाल्गुन २०७६, सोमबार २१:०६ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ४७ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित बास्कोट र आसपासका उनीहरु नेपाली कांग्रेस र राप्रपा परित्याग गरी सोमबार नेकपा प्रवेश गरेका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी पोखरा २४ को वडा कमिटीले नेकपा जिल्ला कमिटी कास्कीको कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेकपा प्रवेश गराइएको हो । नेपाल कम्युनिस्ट पार्टी गण्डकी इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई माला लगाएर पार्टी प्रवेश गराएका थिए । प्रवेश गर्नेमा नेपाली कांग्रेसका क्रियाशील सदस्यर र राप्रपामा सक्रिय भएकाहरु रहेको नेकपा वडा कमिटीले जानकारी दिएको छ ।

    पार्टी प्रवेश गर्नेमा टेकबहादुर खत्री, बलबहादुर कार्की, देवी कार्की, पूर्णप्रसाद गौतम, गोर्कण गौतम, डिलमाया गौतम, हिरा गिरी, लोकमाया गिरी, जीतबहादुर परियार, नारायणप्रसाद गौतम, रजिना गौतम, बमबहादुर कार्की, लक्ष्मण कार्की, सुरज गौतम, सुनील गौतम, विमलबहादुर खत्री, दीपक गिरी, मनिषा गिरी, प्रकाश गिरी, जुना गौतम छन् ।

    त्यसैगरी सुष्मा विक, सन्दीप परियार, सागर परियार, हिरा खत्री, कुलप्रसाद पौडेल, दीपक कार्की, इन्द्रकमल सुवेदी, मानबहादुर जिसी, किशोर खत्री, विष्णु केसी, धनकुमारी खत्री, बाबुराम गौतम, विष्णुप्रसाद गौतम, पुष्पा कार्की, शर्मिला कार्की, हरिप्रसाद दवाडी, नरबहादुर देवकोटा, सुजाता अधिकारी, विकल सुवेदी, शिव जिसी, शिव थापा, नारायण गिरी, हरि भट्टराई, किसन सुवेदी, विष्णु देवकोटा छन् ।

    उनीहरुलाई पार्टी प्रवेश गराएपछि कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश कमिटी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नेकपा नै क्रान्तिकारी, अनुशासित र विकास गर्ने पार्टी भएको दाबी गरे । उनले पार्टी प्रवेश गरेकालाई तपाईहरुले सही पार्टी रोजेको भन्दै बधाई दिँदै गुरुङले कसैलाई पनि भेदभाव नगरी पार्टीले उचित जिम्मेवारी दिने बताए ।

    उनले नेकपाले नेतृत्व गरेको सरकारलाई बलियो बनाएर विकास र समृद्धिको यात्रालाई सही ढंगले अगाडि बढाउनु पर्ने बताए । कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले क्षमता र आवश्यकताका आधारमा पार्टीले जिम्मेवारी दिने बताए ।

    कार्यक्रममा पार्टी प्रवेश गरेकाहरुको प्रतिनिधित्व गर्दै नारायणप्रसाद गौतमले नेकपाबाट नै विकास र समृद्धि सम्भव देखेरे नै नेकपा प्रवेश गरेको बताए । उनले विकास, निर्माण, समृद्धि र बरोजगारी समस्यालाई हल गर्न सरकारलाई आग्रह समेत गरेका थिए । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सकार पार्र्नेतर्फ क्रियाशील हुने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

    नेकपाका नेता तथा पोखरा २४ का वडा अध्यक्ष ओम सुवेदीले निर्वाचनका बेला जनताका बीचमा गरेका प्रतिबद्धता पूरा गर्न लागि परेको बताए । नेकपा पोखरा २४ वडा कमिटीका अध्यक्ष मनहरि त्रिपाठीको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन वडा कमिटीका सचिव विष्णु तिमिल्सेनाले गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.