• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महंगोमा मास्क बेच्‍नेलाई २ लाख जरिवाना

  •    शुभेच्छा न्यूज  /२६ फाल्गुन २०७६, सोमबार २१:२३ ,  प्रकाशीत
  • ६ रुपैया पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेचेर कालोबजारी गर्ने धनगढीको मुख्य बजारमा रहेको न्यू शुशील श्रृङ्गार पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले २ लाख जरिवाना गरेको छ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारमा गरेको श्रृङ्गागार पसलको अनुगमनको क्रममा न्यू शुशील श्रृङ्गार स्टोरले ६ रुपैंया पर्ने मास्कलाई ३० रुपैंयामा बेच्ने गरेको, श्रृङ्गारका सामाग्रीमा लेबल नतोकिएको, म्यादगुज्रेका सामाग्री बेचेको पाइएपछि पसल सञ्चालन सन्ध्या अग्रवाललाई नियम अनुसार कारवाही गरिएको कार्यालय प्रमसख कमल पुनले बताए।

    उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८, ङ का आधारमा कसुर खण्डको १ (ख) बमोजिम उनलाई अनुगमन स्थलमै दुई लाख जरिवाना गरिएको वाणिज्य कार्यालय कैलालीका प्रमुख पुनले बताए।

    सो दफा अनुसार उपभोक्तालाई ठगी गरेमा, उपभोग्य वस्तुको कालोबजारी गरेमा दुईलाख देखी तीनलाख सम्म जरिवाना गर्ने सकिने प्रावधान रहेको छ। शुशील श्रृंगार पसलमा वाणिज्य कार्यालयका कर्मचारी ग्राहक बनेर जाँदा पशल सञ्‍चालन अग्रवालले ६ रुपैया पर्ने मास्क ३० रुपैयामा बेचेका थिए।

    कार्यालय प्रमुख पुनले धनगढीका अन्य श्रृङ्गार पसल तथा केही फार्मेसीमा समेत अनुगमन गरेको तर कसुर नभेटिएको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.