शुक्लागण्डकी-४ दुलेगौँडास्थित युनिक चोकमा दुई युवा समुहबीच ग्याङ्ग फाइट हुदाँ एक जना युवा गम्भिर घाइते भएका छन् ।
होली खेल्दै हिडेका युवाहरुबीच ढुङ्गा हानाहान हुदाँ शुक्लागण्डकी-२ का सुनिल श्रेष्ठ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।
घाइते श्रेष्ठको जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा सामान्य उपचारपछि पोखरा रेफर गरिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।
श्रेष्ठलाई ढुङ्गा र छुराले टाउकोमा प्रहार गर्दा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । तर प्रहरीले भने छुरा नभएर फलामजन्य अन्य कुनै वस्तुले प्रहार गरेको बताएको छ ।
यि दुई समुहबीच पहिल्यै देखि विवाद भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । श्रेष्ठ समुहलाई आक्रमण गर्नेहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक रेग्मीले जनाएको छ ।
उनका अनुसार सिसि टिभि फुटेज हेरेर अनुसन्धान भइरहेको छ । होलीको समयमा यस घट्नाबाहेक शुक्लागण्डकी क्षेत्रमा अन्य कुनै अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ।

Related