• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेसकाद्धारा तेस्रो दिन पनि गण्डकी प्रदेशसभाको सदन अवरुद्ध

"निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्रीले एकलौटी गरेको भन्दै बैठक अवरुद्ध "
  •    शुभेच्छा न्यूज  /३० फाल्गुन २०७६, शुक्रबार २१:३९ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रवारको प्रदेश सभाको बैठक पनि अबरुद्ध गरेको छ । उसले लगातार तीन दिनसम्म संसद बैठक अबरुद्ध गरेको हो ।

    कांग्रेसले निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्रीले एकलौटी गरेको भन्दै बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको बताएको छ ।
    नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचन क्षेत्र विकास कार्यक्रममा भएको एकलौटी र प्रत्यक्ष तथा समानुपातिक सांसदबीच गरिएको बिभेदबारे संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ को क, पर्वत क्षेत्र नम्बर १ को क, बागलुङ क्षेत्र नम्बर १ को क र नवलपरासी सुस्ता पूर्व क्षेत्र नम्बर १ को ख मा बजेट बाँडफाँड तथा योजना कार्यान्वयनमा सांसदबीच नै सहमति हुन नसक्दा विवाद चुलिएको थियो ।

    मुख्यमन्त्री गुरुङले समानुपातिक सांसदले भन्दा प्रत्यक्ष निर्वाचित सांसदले बढी बजेट पाउने र प्राथमिकतामा पर्ने बताएका थिए । सहमति नजुटे प्रदेशकै कार्यालयबाटै योजना छनोट गरेर कार्यान्वयन गर्न मुख्यमन्त्रीले निर्देशन दिएका थिए । कार्यविधिमा सबै सांसदलाई एउटै नजरले हेरिएको भए पनि मुख्यमन्त्री गुरुङले विभेद सिर्जना गरेको कांग्रेसको आरोप छ ।

    शुक्रबार बिहान ११ बजेका डाकिएको बैठक कांग्रेसले अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.