१८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मर्स्यांदी क्लबले जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेल नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै मनाङले उपाधि जितेको हो।
मोफसलमै प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा निर्धारित ९० मिनेट थप गरिएको ३० मिनेटमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिन पुगेको थियो।
टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिके र रन्जन विष्टले गोल गरेका थिए भने निशान लिम्बुको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए ।
त्यस्तै पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध बलको प्रहारले जाली चुम्दा अजित भण्डारी र तेज तामाङको प्रहारमा मनाङका गोलरक्षक अशोक बराल बाधक बन्न पुगे ।
मनाङले उपाधिसहित १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ। उपबिजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

Related