• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बजार अनुगमन गर्न आपूर्तिमन्त्री लेखराज भट्ट पोखरामा, कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने चेतावनी

"दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्नेलाई सरकार कडा कार्बाही "
  •    शुभेच्छा न्यूज  /१ चैत्र २०७६, शनिबार १८:५९ ,  प्रकाशीत
  • उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको त्रासदेखाएर कालोबजारी गर्न खोज्ने माथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

    शनिवार पोखरा औद्योगिक ग्रामको निरिक्षण पश्चात उहाँले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्नेलाई सरकार कडा कार्बाही गर्ने बताउनुभयो । दैनिक उपभोग्य वस्तुको सहज आपूर्ती भइरहेकोले कालोबजारी कसैले गरेको थाहा पाए जानकारी गारउन समेत स्थानियवासीहरुलाई आग्रह गर्नुभयो ।

    बिपत्तिको मौका पारी बजारमा कालोबजारी गर्ने जोकोहीलाई पनि सरकारले छुट नदिने भन्दै मन्त्री भट्टले बिपत्तिको समयमा सहयोग गरि सभ्य मानिसको परिचय दिन सबैलाई अपलि गर्नुभयो ।

    पर्यटकीय शहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको बस्तुस्थितिका बारेमा जानकारी लिनका यहाँ आएको बताउदै मन्त्री भट्टले पोखरा औद्योगिक क्षेत्रको पनि निरिक्षण गरेको बताउनुभयो ।

    नेपाल सरकारले औद्योगिक क्षेत्रहरुलाई व्यवस्थित तथा सहज ढंग बाट सञ्चालन गर्न नयाँ योजना बनाउन लागेको उहाँले जानकारी दिनुभयो । एक स्थानिय तहमा एक उद्योग ग्राम निति सरकारले लिएको बताउदै मन्त्री भट्टले ठुला उद्योग संघिय सरकार,मझौला उद्योग प्रदेश सरकार र साना उद्योग स्थानिय सरकारले सञ्चालन गर्ने गरि तयारी गरेको बताउनुभयो ।

    गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले मूल्यभन्दा बढीमा बिक्री गरिनु गैरकानूनी रहेको बताउदै बिपत्तिको मौका छोपी बजारमा बिभिन्न खाद्यवस्तूहरुको अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक,फर्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

    मन्त्री लम्सालले गुणस्तरहिन अखाद्यवस्तू बिक्री वितरणको लागि बजारमा नपठाउन समेत उद्योग व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मन्त्री नेतृत्वको टोलीले पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित पञ्चकन्या इञ्जिनियरिङ,गोरी शंकर बिस्कुट,हिमश्री फुड्स रारा चाउचाउ लगाएतका उद्योगहरुको अवलोकन तथा निरिक्षण गरेको थियो ।

    ग्राहक बनेर मन्त्री भट्टले शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण समेत गर्नुभएको थियो ।

    पछिल्लो समय देशमा कोरोना भाइरस सङ्क्रमणको त्रासलाई देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेपछि सरकारी निकायले कडा निगरानी तथा अनुगमन थालेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.