• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

  •    शुभेच्छा न्यूज  /३ चैत्र २०७६, सोमबार ०८:३७ ,  प्रकाशीत
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आकर्षक उपहारका साथ विशेष अवसर प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिने हुँदा सावधान रहनुहोला। साँझतिर रमाइलो भेटघाटमा मन रमाउनेछ। शुभचिन्तकहरूले पनि काममा साथ दिनेछन्। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्नेछ भने आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। श्रमको उचित मूल्यांकन हुनाले राम्रो प्रतिफल हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। घरसल्लाह नमिल्नाले आँटेको काम रोकिन सक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ भने थप जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ। व्यापार–व्यवायासायमा राम्रो फाइदा हुनेछ। साँझतिर आयस्रोत बढ्नेछन्। तर लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। मिहिनेतले आंशिक लाभ दिलाउनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलागी हुनेछ। परिबन्धले केही समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    परिस्थितिवश काममा ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सहयोगीहरू जुट्नेछन् र समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्ला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। साँझदेखि भने केही चुनौती सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। साथीभाइ र परिवारजनको साथले उत्साह जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। साँझदेखि यात्राको अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। साँझतिर भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। दिगो योजनामा अघि बढ्दा साँझतिर लाभ मिल्नेछ। अध्ययन र लेखन कला निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। व्यापारमा मनग्गे लाभ हुनेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। साँझतिर अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। विवादास्पद कामले अप्ठ्यारोमा परिएला। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान-सम्मान दिलाउनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.