• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अत्यावश्यक बस्तुको बिक्रीबितरण तथा ढुवानी पारदर्शी बनाउन पोखरा उद्योग वाणिज्य संघको आग्रह

"अत्यावश्यक सामानहरुको धेरै भण्डारण नगर्न सर्वसाधारणसँग अनुरोध "
  •    शुभेच्छा न्यूज  /३ चैत्र २०७६, सोमबार २०:०४ ,  प्रकाशीत
  • पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका ओखती,मास्क, सेनेटाइजरसहित खाद्यान्न,पेट्रोलियम पदार्थहरुको बिक्रीबितरण तथा ढुवानी कार्यलाई पारदर्शी,सरल एवं प्रभावकारी बनाउन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ ।

    संघले सोमबार विज्ञप्ति जारी गर्दै संकटको यो घडीमा अत्यावश्यक सामानहरुको धेरै भण्डारण नगर्न सर्वसाधारणसँग अनुरोध पनि गरेको छ ।

    ‘पोखरा उद्योग वाणिज्य संघ, अवैध रुपले गरिने सबैखाले व्यापार÷व्यवसायको सधैँ विपक्षमा छ र रहन्छ’, संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘अझ, मानवीय संकटको बेला गरिने कुकृत्य त झन दण्डनीय हो भन्नेमा पनि संघ प्रष्ट छ ।’ बजारमा अत्यावश्यक सामानहरुको अभाव सृजना भएको तथा कालोबजारी बढेको भन्ने गुनासो आइरहेको बेला संघले विज्ञप्ति जारी गरेको हो ।

    कोरोना भाइरस ( कोभिड–१९ ) ले ल्याएको विपत्तिबाट सिंगो विश्व नै प्रभावित भएको बेला आवश्यक सुरक्षाको यथोचित प्रबन्ध गर्ने, जनतालाई सरकारबाट प्रदान गरिने स्वास्थ्य सेवाप्रति आश्वस्त बनाउने एवं आपूर्ति व्यवस्था सहज बनाउने दायित्व प्रभावकारी ढंगले सम्पादित गर्न संघले तीनवटै तहका सरकार तथा सरोकारवाला निकायहरुसँग माग पनि गरेको छ ।

    यसैगरि संघले कोरोना भाइरसका सेवा र औषधिजन्य उद्योगमा देखिएको विश्वव्यापी प्रभाव नेपालमा पनि देखिन थालेको उल्लेख गर्दै नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको पर्यटन उद्योग ठप्पप्रायः भएको र अन्य क्षेत्रमा पनि असर देखिन थालेको जनाएको छ ।

    महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले ‘नेपाल पनि कोरोना भाइरसको उच जोखिमयुक्त मुलुक’ भएको किटान गरेको सन्दर्भ उठाउँदै सचेत र सुरक्षित रहन उद्योगी÷व्यवसायी तथा आम नागरिकमा अनुरोध पनि गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.