• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाले कालोबजारी गर्नेलाई कारबाही गर्ने

"पोखरामा ६ महिनालाई पुग्ने खाद्यान्न लगायतका सामाग्रीहरु मौजात  "
  •    शुभेच्छा न्यूज  /६ चैत्र २०७६, बिहीबार १९:४७ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले कालोबजारी गर्ने ब्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको महानगर बजार अनुगमन समितिको बैठकले कोरोनालाई कारण बनाउदै कृत्रिम अभाव सृजना गरी मुल्यबृद्धि गर्ने ब्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

    दैनिक उपभोग्य सामाग्रीहरु निरन्तर ढवानी भैरहेपनि ब्यवसायीले लुकाएका कारण असहज भएको भन्ने गुनासो आएको छ उपप्रमुख गुरुङले भनिन्, ‘संकटको बेला त्यसलाई मौकाका रुपमा उपयोग गर्न खोज्ने र दैनिक उपभोग्य सामाग्रीको अभाव सृजना गराउन खोज्नेलाई कारबाही हुन्छ ।’ उनका अनुसार महानगरले निरन्तर बजार अनुगमन गर्ने बताउदै भनिन,‘ वडास्तरीय अनुगमन समिति समेत क्रियाशिल बनाएर बजार अनगुमन गर्दछौ । ’

    बैठकले बजार अनुगमन निर्देशिका बमोजिम कोरोना भाइरसको कारण बजारमा रोग रोकथामको लागि उपयोगी साधन सेनेटाइटर, मास्क र उपभोग्य सामाग्रीको सहज उपलब्धताको लागि सरोकारवाला सबै पक्षको सहभागितामा नियमित बजार अनुगमन गर्ने समितिले निर्णय गरेको छ ।

    त्यस्तै महानगरपालिका आर्थिक समितिका संयोजक वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेललाई बजार अनुगमनको लागि समन्वय गर्ने जिम्मेवारी बैठकले दिएको छ ।

    बजारमा अत्यावश्क सामाग्रीमा कालोबजारी गरेको, मुल्यबृद्धि गरेको बारेमा महानगरबासीको गुनासो भए अध्यक्ष पौडेललाई ९८५६००३०१५ मा सम्पर्क गर्न सकिने उपप्रमुख गुरुङले जानकारी दिइन् ।

    महानगर अनुगमन समितिले पोखरामा ६ महिनालाई पुग्ने खाद्यान्न लगायतका सामाग्रीहरु मौजात रहेको समेत दावी गरेको छ । खाद्यान्न आपूर्ती नियमति रहेको र महिना पुग्ने भएकाले महानगरबासी आत्तिनुपर्ने र आवश्यक भन्दा बढि सामाग्री खरिद नगर्न आग्रह गर्दछौ उपप्रमुख गुरुङले भनिन ।

    ‘स्थानीय प्रशासन, पोखरा महानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च र पोखरा तथा लेखनाथ उद्योग बाणिज्य संघको सहभागितामा भएको बजार अनुगमनबाट बजारमा उपभोग्य सामान ६ महिना भन्दा बढि अवधिको लागी पुग्ने गरि पर्याप्त मौज्दात रहेकाले आपुर्तीमा अवरोध नरहेकोले उपभोक्ताहरुलाइृ अधिक संग्रह नगर्न र आत्तीनु पर्ने अवस्था छैन् ।’

    बैठकमा सहभागी खाद्य प्रविधि गुण नियन्त्रण डिभिजिन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेलले खाद्यान्न अभाव नभएको बताउदै भने, ‘बजारमा मुल्यबृद्धि भएको छैन् यदि कसैले मुल्यबृद्धि गरेमा जानकारी दिनुहोला ।’

    बैकठले बजार अनुगमन कार्यलाइ प्रभावकारी बनाउन बजार अनुगमन निर्देशिका २०७४ बमोजिम वडा स्तरमा समेत वडा अनुगमन समितिलाई क्रियाशिल बनाई स्थानीय प्रशासनको समन्वयमा आ आफ्नो वडामा बजार अनुगमन कार्यलाई तिब्रता दिन सवै वडाका अध्यक्षहरुलाई अनुरोध गरेको महानगर अनुगमन शाखा प्रमुख किरण कोइरालाले जानकारी दिए ।

    उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रमुख मानबहादुर जिसी, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा महानगर अनुगमन शाखा प्रमुख किरण कोइराला लगायतको उपस्थिति रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.