• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा बजार अनुगमन, म्याद गुज्रिएका मसला र पेय पदार्थ नष्ट

"बजार अनुगमनका क्रममा केही पसलहरुमा म्याद गुज्रिएका सामान भेटिए पछि अनुगमनटोलीले ती सामान नष्ट "
  •    शुभेच्छा न्यूज  /७ चैत्र २०७६, शुक्रबार १७:१६ ,  प्रकाशीत
  • कमल पौडेल अथक
    जिल्ला अनुगमन समिति कास्कीले शुक्रवार पोखरामा बजार अनुगमन गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको हल्लाले बजारमा उपभोग्य वस्तुमाथि कालोबजारी भैरहेको गुनासो आएपछि समितिले बजार अनुगमन गरेको हो ।

    पोखराको जिरोकिलोमिटरदेखि सृजनाचोकसम्म गरिएको बजार अनुगमनका क्रममा केही पसलहरुमा म्याद गुज्रिएका सामान भेटिए पछि अनुगमनटोलीले ती सामान नष्ट गरेको छ ।

    पोखराको जिरो किलोमिटरमा रहेको एक भारतीय मूलका नागरिकले सञ्चालन गरेको नाम विनाको फलफूल पसलमा विक्रीका लागि राखिएको प्लाष्टिकको वोतलको स्प्राइट ६ थान म्याद गुज्रिएको भेटिएपछि जफत गरी नष्ट गरेको छ । त्यस्तै पोखराको सृजनाचोकमा रहेको सुप्रिया खाद्यस्टोर्समा म्याद गुज्रिएका १५ प्याकेट खाने मसला वरामद गरि टोलीले नष्ट गरेको छ ।

    नष्ट गरिएका मसलाहरुमा २०१५ मा उत्पादन गरिएको पिपलडाली मसला ५ प्याकेट, सेन्चुरी मसला ६ प्याकेट र फाइन मसला ४ प्याकेट नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला घरेलु कार्यालय कास्कीका प्रमुख उमा गौतम कोइरालाले जानकारी दिएकी छन् ।

    अनुगमनका क्रममा अधिकांश प्राय सवैजसो पसलमा ग्याँसको अभाव भएको पाइएको छ । ग्याँस आउने वित्तिकै विक्री हुने र एउटै परिवारले धेरै ग्याँस सिलिण्डर संञ्चित गर्नाले समस्या आएको विक्रेताहरुले वताएका छन् । यसैगरी पोखरामा सर्जिकल माक्सको अभाव देखिएको छ ।

    पछिल्लो समयमा व्यापारीहरुले कपडाको माक्स वनाएर ५० रुपैयाँ सम्ममा विक्री गरेको पाइएपछि अनुगमन समितिले कपडाको स्तर हेरी १० रुपैयाँदेखि अधिकतम २० रुपैयाँसम्ममा विक्री वितरण गर्न सुझाव दिएको छ ।

    केही पसलहरु विना दर्ता संञ्चालन गरिएको र नविकरण नगरेको भेटिएपछि समितिले तत्काल दर्ता र नवीकरण गर्न समेत संवन्धित पसलेलाई सात दिनको म्याद थमाएको छ । अनुगमन टोलीले अव आइन्दा ग्याँसको विक्री वितरण गर्दा उपभोक्ताको नाम टिपाएर प्रतिव्यक्ति एक सिलिण्डर मात्र ग्याँस वितरण गरिदिन विक्रेताहरुलाई निर्देशन गरेको छ ।

    जिल्ला घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उमा गौतम, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि इन्द्र शर्मा पौडेल, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल, सचिव कमल पौडेल अथक, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि पदमपाणि गौतम, पत्रकार महासंघ कास्कीका प्रतिनिधि रामप्रसाद तिमिल्सेना, टुल्का कुमारी शर्मा लगायतले बजार अनुगमन गरेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.