• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा ट्रेड मलमा सटर भाडामा ५० प्रतिशत छुट

" चैत महिनाको भाडामा ५० प्रतिशत छुट प्रदान "
  •    शुभेच्छा न्यूज  /८ चैत्र २०७६, शनिबार २१:२१ ,  प्रकाशीत
  • पोखराको व्यावसायिक प्रतिष्ठान पोखरा ट्रेड मलले कोरोनाको कारण अप्ठोरो अवस्था आएको भन्दै सटर भाडामा ५० प्रतिशत छुट प्रदान गरेकोछ ।

    चैत महिनाको मासिक भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    कोरोना भाइरसबाट आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायीहरु मर्कामा परेको भन्दै मलले यस्तो निर्णय गरेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

    ‘थोरै भएपनि राहत होस भनेर प्रथम चरणमा चैत महिनाको भाडामा ५० प्रतिशत छुट प्रदान गरिएको हो,’ उनले भने । आवश्यक परेमा आगामी महिना पनि छुटलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

    त्यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याजदरमा कम्तीमा पनि ५० प्रतिशत छुट प्रदान गर्न मलले आग्रह गरेको छ । मलको प्रवेशद्वारमा कोरोना भाइरसको हेल्प डेस्क स्थापना गरिएको प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए ।

    ग्राहक, व्यवसायी तथा अन्य सबैलाई सेनिटाइजर प्रयोग गर्न लगाइ स्वच्छ भइ मल भित्र प्रवेश गर्ने वातावरण मिलाइएको सञ्चालक सन्तोषकुमार घिमिरेले जानकारी दिए ।

    मल भित्र सम्पूर्ण स्थानमा सरसफाईको बिशेष प्रबन्ध गरिएको उनले बताए । मल भित्र रहेका रेष्ट रुमहरुमा प्रत्येक घण्टा बिशेष सरसफाई हुने गरेको छ साथै बिभिन्न प्राकृतिक रसायनहरु द्धारा मलका बिभिन्न स्थानमा स्प्रे गरि निर्मलिकरण समेत गर्ने गरेको उनको भनाई हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.