• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्यूठानका सबै स्थानिय तहमा तयार भए क्वारेन्टाइन

  •    शुभेच्छा न्यूज  /१३ चैत्र २०७६, बिहीबार १९:२६ ,  प्रकाशीत
  • सलिम अन्सारी,
    प्यूठान। कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् ।

    जिल्लाका नौ वटै स्थानिय तहले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखेका छन ।

    जस अनुसार,प्यूठान नगरपालिकामा २२ र स्वर्गद्वारी नगरपालिकामा १६ शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ।त्यस्तै, झिमरुक ११,गौमुखी ५,सरुमारानी१२, नौबहिनी गाउँपालिकामा ५ शैय्या क्षमताको क्वारेन्टाईन कक्ष तयार गरिएको छ।

    ऐरावती,माण्डबी र मल्लरानी गाउपालिकाले भने १०/१० शैय्या क्षमताको क्वारेन्टाइन कक्ष तयार गरे छन।तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म यिनै क्वारेन्टाईनमा राखिने छ।

    त्यस्का लागी नेपाल बाहिरबाट गाउं भित्रनेको तथ्यांक संकलन गर्न लागिएको छ।कोरोनाको शंकास्पद विरामीलाई तत्कालै स्थानिय स्तरमा नै राखेर उपचार गर्न सजिलो होस भनेर सो कक्ष स्थापना गरिएको जिल्लाका स्थानिय सरकार प्रमुखहरुले बताएका छन।

    क्वारेन्टाईनमा भर्ना हुने बिरामीको सम्पूर्ण उपचार खर्च भने सम्बन्धित गाउँपालिकाले बेहोर्नेछन। प्यूठान भित्रने मुख्य नाका सरुमारानी गाउपालिका वडा नंवर २ ददेरीमा सोमबार देखी हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ। दुई दिनको अबधीमा यहा १ हजार ६७२ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय प्युठानले बताएको छ।

    त्यस मध्ये २ सय १० जना भारत लगायतका देशबाट जिल्ला भित्रीएको स्वास्थ्य कार्यालय प्रमुख बिशाल सुबेदिले बताउनुभयो ।

    यस अघि भारत बसेर घर आएका दुई जना प्युठानीको प्रयोगशालामा कोरोना परिक्षण पछि रिपोर्ट नेगेटिभ देखिएको उहाले बताउनु भयो।फ्रान्सबाट आएर नेपालमा संक्रमण पुष्टि भएकी युवतीसंगै आएका प्युठानका एक युवकलाई क्वारेनटाइनमा राखिएको छ।

    ती युवकको अवस्था अहिले सामान्य रहेको सुबेदीले जानकारी दिनुभयो । नेपालमा कोरोना स्थानीय रुपमा संक्रमण नभई देश बाहिरबाट आयातित भएकाले यसबाट तर्सिने भन्दापनि सजग रहनुपर्ने स्थिति रहेको सुबेदिको भनाई छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा कोरोना परिक्षण भएका ६८७ जना मध्य हाल सम्म नेपालमा ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। सक्रमित मध्ये एक जना निको भैसकेको र दुईजना संक्रमित उपचारकै क्रममा छन ।

    यद्धपी हालसम्म प्युठानमा यो रोगको संक्रमित ब्याक्ती भेटिएका छैन्न

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.