पर्यटनमन्त्री अधिकारीको १०० दिने कार्ययोजना, विमास्थल सुधारको योजना देखि ,राष्ट्रिय गौरवका विमानस्थल निर्माणलाई प्रभाबकारी बनाउने सम्म
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आफुले १०० दिन भित्र मन्त्रालयमा गर्ने सुधारका कार्ययोजना सार्वजनिक गरेका छन् । नेपाल पर्यटन बोर्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी मन्त्री धअिकारीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमास्थल सुधारको योजना सहित दैनिक २१ घन्टा उडान, एक घन्टामै लगेज पाउने व्यवस्था मिलाउने बताएका छन् ।त्यर्सगरी एयर टफिकको ब्यवस्थापन,आन्तरिक उडानको उचित ब्यवस्थापन,अन्तराष्ट्यि टर्मीनलमा यात्रु सुविधाकोलागि एयर कण्डेसनको उचित ब्यवस्था गर्ने रहेका छन्।
त्यसैगरी आष्ट्यि गौरवका योजनाहरु मध्येका गौतमबुद्ध अन्तराष्ट्यि विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्यि विमानस्थलको प्रभावकारी कार्यन्वयन गर्ने लगायतका प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन्।
अधिकारीको १०० दिने कार्ययोजनामा विमानस्थल सुधारलाई प्राथमिकतामा राखिएको छ । उनले एयर ट्राफिकमा देखिएको समस्या समाधान गरी विमानस्थललाई २१ घन्टा सञ्चालन गराउने बताएका छन् ।
त्रिभुवन विमानस्थलमा देखिएको अर्को समस्या लगेजका लागि घन्टौंसम्म कुर्नुपर्ने हो । पर्यटनमन्त्री अधिकारीले १०० दिनभित्र अन्तर्रा्ष्ट्रिय उडानबाट आएका यात्रुहरुले एक घन्टाभित्र आफ्नो लगेज पाउने व्यवस्था मिलाउने बताएका छन् ।
अन्तर्रा्ष्ट्रिय टर्मिनलमा सेन्ट्रल एसी सिस्टम र डोमेस्टिकमा एसीको व्यवस्था गर्ने उनले बताए । मन्त्री अधिकारीले आन्तरिक उडानका लागि काभ्रेको ठूलीचौरका साथै बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन सुरु गर्ने योजना अघि सारेका छन् ।
यस्तै पशुपति क्षेत्र विकासका योजना,लुम्वीनी बिकासका योजना,भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पूननिर्माण, लगायत डेढदर्जन कार्ययोजनाका एकसय दिनमा सम्पादन गर्ने प्रतिवद्धता ब्याक्त गरेका छन्।
वर्तमान सरकार गठन भएको १०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (PDF) को लागि यहाँ थिच्नुहोस् ।
Related