• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाद्धारा ३० सडक बालबालिकाको उद्धार

"बसोबासको लागि आवश्यक बेडको पनि व्यवस्था मिलाएको  "
  •    शुभेच्छा न्यूज  /१६ चैत्र २०७६, आईतवार १८:०२ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँबाट ३० जना सडक बालबालिकाको उद्धार गरेको छ।

    कोरोना भाइसर संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकोले उनीहरुलाई त्यसबाट जोगाउन र संक्रमणलाई फैलिन नदिनको लागि कास्की प्रहरीको सहयोगमा महानगरले उद्धार गरेको हो ।

    शनिबार उद्धार गरी उनीहरुलाई अन्नपूर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्डे«न नेपालको भवनमा राखिएको छ ।

    महानगरपालिका प्रमुख मानबहादु जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धुव्रकुमार पोखरेल सहितको टोली लेबाडे नै पुगेर उनीहरुलाई त्यहाँ राख्ने व्यवस्था मिलाएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

    महानगरले करिब १० दिनलाई पुग्ने खाद्यान्न साथै बसोबासको लागि आवश्यक बेडको पनि व्यवस्था मिलाएको पौडेलले बताए ।
    कोरोना संक्रमणबाट बचाउनको साथै उनीहरुलाई परामर्श दिएर समाजमा पुर्नस्थापित गर्ने गरी महानगरले सडक बालबालिकालाई उद्धार गरेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

    उद्धार गरिएका बालबालिकाका अभिभावक वा आफन्तको खोजी गरी उनीहरुलाई परिवारको जिम्मा लगाउने र परिवारको पत्ता नलागेकालाई कसरी समाजमा पुर्नस्थापित गर्न सकिन्छ त्यसतर्फ महानगरले काम गर्ने जिसीको भनाइ छ । ती बालबालिकालाई नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा दिएका छन्

    बालबालिकाको रेखदेखको लागि चिल्डे«न नेपालले पनि २ जना कर्मचारीलाई खटाएको छ । संस्थाको तर्फबाट उनीहरुलाई परामर्श दिइने चिल्डे«न नेपालका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

    महानगरपालिकाले उनीहरुलाई सरसफाइको साथै स्वास्थ्य जाँचको पनि व्यवस्था मिलाउने स्वास्थ्य महाशाखाका अधिकृत फूलदेव तिमिल्सिनाले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.