गण्डकी प्रदेश कोराना परिक्षण गर्ने मेशिन पाउनबाट बिमुख
"गण्डकी सरकारका प्रबक्ता रामशरण बस्नेत सम्पर्कमा आउन चाहेनन् "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश संघिय सरकारले मित्र राष्ट्र चीनबाट ल्याएको कोरोना भाइरसको परिक्षण गर्ने पिसिआर मेशिन पाउनबाट बञ्चीत भएको छ ।
संघिय सरकारले चीनबाट ल्याइएका ५ ओटा पिसिआर मेशिन मध्ये ४ वटा प्रदेशलाई १।१ वटा दिने र एउटा इमर्जेन्सीका लागि संघले नै राख्ने उच्चस्तरीय समितिको बैठकले निर्णय गरेपछि गण्डकी प्रदेश बिमुख भएको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले कोरोना परिक्षणका लागि पिपिआर मेशिन प्रदेश नं २ को बिरगंज, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगडीमा राख्ने निर्णय गरेको हो।
तर, समितिले पर्यटकीय राजधानी भएपनि गण्डकी प्रदेशलाई पिपिआर दिने निर्णय गरेको छै्रन । प्रदेश नं १ मा यसअघि नै स्थापन भइसकेको र बागमती प्रदेशको शुक्रराज ट्रोपिकल हस्पिटमा यस अघिनै चालुअवस्थामा रहेका कारण हाल चीनबाट ल्याइएको पिपिआर मेशिन अन्य प्रदेशमा पठाएको हो।
पत्रकार सम्मेलन मार्फत समितिको निर्णय सुनाउदै प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले चीनबाट ल्याइएका ५ वटा परिक्षण मेशिन मध्ये ४ वटा विभिन्न प्रदेशमा दिने निर्णय भएको बताए। तर, गण्डकी प्रदेशको नाम भने उच्चारण गरेनन्।
कोरोना परीक्षण गर्ने पिसिआर मेसिन नहुदाँ गण्डकी प्रदेशबाट नमुना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रोपिकल हस्पिटल टेकुँमा पठाउने गरिएको छ ।
संघिय सरकारले यस्तो विपदको बेला गण्डकी प्रदेशमा कोराना भाइरसको जाँच गर्ने मेशिनबाट बञ्चित गरेको वारे गण्डकी प्रदेश सरकारका प्रबक्ता एवं भौतिक योजना मन्त्री रामशरण बस्नेतलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
Related