तनहुँमा चितुवा मृत भेटियो सुभेक्षा न्युज /१६ चैत्र २०७६, आईतवार १९:०६ , प्रकाशीत तनहुँको भानु नगरपालिकाको वडा नं ९ पुर्कोट स्थित पिपलपानीमा मृत अवस्थामा चितुवा भेटिएको छ । करिब दुई वर्ष उमेरको २० किलोग्राम जति तौल भएको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । मृत अवस्थामा भेटिएको चितुवा पोथि चितुवा रहेको प्रमुख बरालले जानकारी दिए । चितुवाको बाहिरी चोटपटक केही नभएको प्रमुख बरालले बताए । यसैबीच मृत अवस्थामा भेटिएको चितुवालाई डिभिजन वन कार्यालय तनहुँको टोलीले दमौली स्थित डिभिजन वन कार्यालय तनहुँक परिसरमा गाडिएको छ । यसअघि गत मङ्सिर ४ गते व्यास-१ मुसेखोलामा चितुवा मृत अवस्थामा फेला परेको थियो । उक्त चितुवा ढाड भाचिएको अवस्थामा फेला परेको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
तनहुँको भानु नगरपालिकाको वडा नं ९ पुर्कोट स्थित पिपलपानीमा मृत अवस्थामा चितुवा भेटिएको छ ।
करिब दुई वर्ष उमेरको २० किलोग्राम जति तौल भएको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
मृत अवस्थामा भेटिएको चितुवा पोथि चितुवा रहेको प्रमुख बरालले जानकारी दिए । चितुवाको बाहिरी चोटपटक केही नभएको प्रमुख बरालले बताए ।
यसैबीच मृत अवस्थामा भेटिएको चितुवालाई डिभिजन वन कार्यालय तनहुँको टोलीले दमौली स्थित डिभिजन वन कार्यालय तनहुँक परिसरमा गाडिएको छ ।
यसअघि गत मङ्सिर ४ गते व्यास-१ मुसेखोलामा चितुवा मृत अवस्थामा फेला परेको थियो । उक्त चितुवा ढाड भाचिएको अवस्थामा फेला परेको थियो ।
Related