• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोनाको कहर ; एक्लै टाढा बसेर श्रीमानको शव हेर्दै रुदै श्रीमती,नजिकनै आउदैन् आफन्त

"युवतीलाई समवेदना तथा समवेदना दिन न त उनका आफन्त नै  "
  •    शुभेच्छा न्यूज  /१७ चैत्र २०७६, सोमबार १८:०३ ,  प्रकाशीत
  • बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारको क्रममा निधन भएका बाबुराम थापाको श्रीमती रिता थापा अलपत्र अवस्थामा छिन् ।

    पति वियोगमा परेकी २६ वर्षिय ती युवतीलाई समवेदना तथा समवेदना दिन न त उनका आफन्त नै पुगेका छन्, नत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु ।

    मृ*त्यु जे कारणले भएपनि वियोगमा परेको उनको परिवारलाई समवेदना, ढाड्स दिनका लागि आफन्त तथा स्थानीय जनप्रतिनिधि कसैको पनि सहानुभुतिको दृश्य देख्न सकिएन ।

    स्थानिय अनलाइन बुटवल टुडेका पत्रकार सञ्जय सौगातका अनुसार आईतबार साझँ कोरोना बिशेष अस्पतालमा पुग्दा अस्पतालमा गेट छेवैमा भुईमा टोलाइरहेकी थिईन उनी । दुई सन्तानकी आमा उनले बेला बेलामा आफ्नो सन्तानलाई साथमा ल्याइदिन आग्रह गर्दै थिईन । तर उनको आग्रह सुन्ने सञ्चारकर्मी बाहेक कोही थिएनन् । अस्पताल परिसर भित्रको प्रतिक्षालयमा १०/१२ जनाको समूहमा बैठक बसीरहेको दृश्य देख्न सकिन्थ्यो । तर उनलाई समवेदना तथा ढाड्स दिनको लागि कोही नजिक थिएनन् ।

    मानौ उनलाई पनि कोरोना लागेको छ । त्यसको लागि आफन्तहरु जुट्न नसकेपनि स्थानीय सरकार तथा सामाजिक अभियन्ताहरुले सुरक्षित रुपमा समन्वय गर्नु पर्दथ्यो तर त्यो देखिएन ।

    यस विषयमा लुम्बिनी प्रादेशिक अस्पतालमा अध्यक्ष सुर्य बहादुर भट्टराईले उनको गाउँपालिका रिब्दीकोट गाउँपालिका पाल्पा र उनी बस्नै सैनामैना नगरपालिका तथा बुटवल नगर पालिकाका प्रमुख ज्यूहरुलाई खबर गरेपनि ति स्थानीय तहबाट वास्ता नगरेको बताए । ‘हामीले उनी बस्ने, र उनको स्थायी ठेगाना रहेको तथा बुटवल नगरपालिकाका प्रमुख सबैलाई जानकारी गरायौ ’ उनले भने तर अहिलेसम्म कतैबाट चासो भएको छैन ।

    मृतकी श्रीमती भन्छिन:

    अस्पतालले लापर्वाही ग¥यो । आफ्नो श्रीमानको मृत्यु अस्पतालको लापर्वाहीका कारण भएको उनले आरोप लगाएकी छिन । चैत्र १३ गते भर्ना भएको बिरामीको आज सम्म पनि परिक्षणको लागि नमुना नपठाएको र मृत्यु पश्चात मात्रै बल्ल आज नमुना परिक्षणको लागि पठाएको भन्नु लापरबाही भएको उनको भनाई थियो । ‘१३ गते भर्ना गरिएको हो आज सम्म रिर्पाेट आउनु पर्दथ्यो’ उनले भनिन तर आज मात्रै किन नमुना पठाइयो ।’

    बेलैमा कोरोनाको परिक्षण गरेर उपचार थाल्नु पर्दथ्यो आशंकाको भरमा यतिका दिनसम्म किन राखियो उनको गुनासो छ । श्रीमानसंग शनिबार राती ९ बजे अन्तिम कुराकानी भएको त्यो बेलासम्म आरामै रहेको जानकारी आफुले पाएको उनले बताईन । आज आइतबार विहानदेखि फोन हान्दा धेरै बेर फोन नउठेको र पछि अर्कै मानिसले फोन उठाएर उहाँ ठिक रहेको बताएको उनले बताइन् । अहिले बोल्न नमिल्ने भन्दै फोन राखेको उनको भनाई छ ।

    त्यसको केही समयपछि फेरी फोन गरेर विरामीलाई काठमाण्डौ लैजानुपर्ने भयो तपाई तुरुन्तै आउनुप¥यो भनेर खबर गरेपछि उनी एम्वुलेन्समार्फत अस्पताल पुगेकी थिईन । तर अस्पताल पुगेर श्रीमानको अवस्था बुझ्न खोज्दा श्रीमानलाई बचाउन नसकेको भनेर चिकित्सकबाट जवाफ पाएकी थिईन । श्रीमानमा यस भन्दा पहिले अन्य कुनै पनि रोग नरहेको उनले बताईन ।

    सैनामैना नगरपालिका–४ सिसौडाँडाँका निवासी ३३ वर्षीय उनका श्रीमानको यही चैत्र १३ गतेदेखि सो अस्पतालको आईसोलेसनमा राखिएको थियो । यही चैत्र ६ गते दुवई बाट नेपाल फर्किएका उनी ७ गते आफ्ना घर आइपुगेका थिए । घर आएपश्चात ज्वरो आउन थालेपछि मुर्गियामा रहेको आचार्य मेडिकलबाट उपचार गराउदा निको नभएपछि उनीहरु चैत्र १३ गते मुर्गिया स्वास्थ्य चौकी पुगेका थिए ।

    स्वास्थ्य चौकीले बिरामीको लक्षण र यात्रा बयानका आधारमा त्यसै दिन बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । त्यहा परिक्षण पश्चात कोरोनाको आशंकामा उनलाई कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका लागि पठाइएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.