• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको २ करोडको राहात ; राहातका लागि नागरिकता र घरभाडा सम्झौता अनिवार्य

"अति विपन्न र ज्यालादारी मजदुरलाई राहत वितरण गरिने "
  •    सुभेक्षा न्युज  /१७ चैत्र २०७६, सोमबार १९:०३ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० को राहत कोष स्थापना गरेको छ ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश नै लकडाउन भएको अवस्थामा अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी गराएका छन् ।

    जिसीले जारी गरेको विज्ञप्तिमा विषम परिस्थितिमा पोखरा नगर क्षेत्रमा रहेका अति विपन्न र ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरपालिकाले २ करोड तथा कर्मचारीबाट संकलन भएको ४८ लाख ५० हजार रुपैंयाँ समेत गरी २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरेको उल्लेख गरिएको छ ।

    महानगरका ३३ वटै वडा कार्यालय मार्फत् टोल विकास संस्था, टोल सुधार समिति, असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको नामावली संकलन गर्न लागिएकोले विवरण संकलनमा सहयोग र सहजीकरण गरिदिन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ । अति विपन्न र ज्यालादारी मजदुरलाई परिचल खुल्ने एउटा कागजपत्रको आधारमा राहत वितरण गरिने प्रमुख जिसीले जानकारी दिए ।

    एकद्वार प्रणाली मार्फत् प्रभावकारी ढंगले राहत वितरण गरिने भएकाले इच्छुक सबैमा पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गरी सहयोग पु¥याइदिन हुन प्रमुख जिसीले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।

    यस कोषबाट अति विपन्न परिवार र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने परिवारलाईप्रति परिवार २ हजार रुपैंयाँ बराबरको खाद्यान्न सामग्री उपलब्धि गराइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ‘नेपाल सरकारले घोषणा गरे अनुसार २०७६÷१२÷११ देखि चैत २५ गते सम्म देश नै लकडाउन भएकाले यसले हाम्रो दैनिकीलाई कष्टकर बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कठिन परिस्थितिमा संयम र सचेत भई घर भित्र बसेर आफू पनि बाच्न र अरुलाई पनि बचाउन नगरवासीलाई आग्रह गर्दै अहिलेसम्म यहाँहरुले गर्नुभएको सहयोगप्रति पोखरा महानगरकापालिका धन्यवाद ज्ञापन गर्दछ ।’

    महामारीसँग जुध्ने कार्य कष्टपूर्ण भएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारको एकल प्रयासले मात्र यो संकटबाट पार पाउन कठिन भएकाले विपद्को यस घडीमा आम जनता, विभिन्न संघसंस्था, बैक, वित्तीय संस्था, सहकारी, उद्यमी, व्यापारी लगायत सबैमा सहयोगको आह्वान गरिएको छ ।

    महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व समुदाय नै आक्रान्त बनेको अवस्थामा नेपालसहित पर्यटकीय सहर पोखरा पनि उच्च जोखिममा रहेको भन्दै विज्ञप्तिमा महामारीलाई रोकथाम र न्यूनीकरण गर्न पोखरा महानगरपालिका निरन्तर लागिरहेको अब पनि लागिरहने उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.