• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको युनाईटेड क्लवद्धारा कोरोना भाइरस आपतकालीन कोषमा १ लाख सहयोग

  •    शुभेच्छा न्यूज  /१८ चैत्र २०७६, मंगलवार १५:०६ ,  प्रकाशीत
  • पोखरामा समाजिक कामको माध्यामबाट अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया प्रदान गरेको छ ।

    चिनबाट सुरु भएको कोरोना भइरसको संक्रमण नेपालमा पनि देखिन थालेसंगै नेपाल सरकार संगै गण्डकी प्रदेश सरकारले समेत यसेको रोकथाम, नियन्त्रण तथा उपचारका लागी कोष स्थापना गरेको र उक्त कोषमा क्लवको तर्फबाट एकलाख रुपैया जम्मा गरिएको हो ।

    सोमबार मुख्यमन्त्री कार्यालयमा क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ र क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङलाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।

    चेक हस्तान्तरण गर्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण, सेती नदी संरक्षण र सौर्य वत्ती जडानमा काम गर्दै आइरहेको भएतापनि अघिल्लो वर्षदेखी छुट्टै विपद ब्यवस्थापन कोष स्थापना गरेको र सोही कोष अन्तर्गत आज कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया सहयोग गरेको वताए ।

    क्लवकाले विशेष गरी तिहारको बेलामा देउसीभैलो कार्यक्रम गरी संकलन भएको रकमलाई विपत ब्यवस्थापन कोषमा जम्मा गर्दै आइरहेको वताउदै आगामी दिनमा पनि यस्ता विपदमा परेकाहरुलाई क्लवले सहयोग गर्ने वताए ।

    यसअघिपनि धनगडीमा हावाहुरीबाट क्षती भएको परिवारहरुलाई युनाईटेड क्लवले नगद ७५ हजार रुपैया सहयोग प्रदान गरेको क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले वताए ।

    सो अवसरमा वोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युनाईटेड क्लवले गरेको सामाजिक काम पोखरामानै उत्कृष्ट रहेको वताउदै विभिन्न संघ सस्था, क्लव, आमा समुह, युवा समुहहरुले समेत यस्तो विपदको घडीमा सहयोग गर्न आग्रह गरे।

    उनले प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैङ्कमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषको खाता नम्बर ३०२००१८८३०१ मा सहयोग रकम जम्मा गर्न समेत आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.