काठमाडौँ — कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।
फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो । सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो ।खड्काको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो ।
खड्काको स्वास्थ्य जटिल भएपछि कांग्रेसले रमेश लेखक, शंकर भण्डारीलगायतका नेतालाई स्वास्थ्य अवस्था बुझ्न दिल्ली पठाएको थियो । बिहीबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठकमा स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

Related