• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अर्का १ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ६ पुग्यो

  •    शुभेच्छा न्यूज  /२० चैत्र २०७६, बिहीबार १७:४६ ,  प्रकाशीत
  • नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिएका छन्।

    बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्।

    देवकोटाका अनुसार गत चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएका अर्का व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो।

    राष्ट्रिय प्रयोगशालाले कोरोना पोजेटिभ देखिएको बताएको तर थप जानकारी भने आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ पुगेको छ।

    यसअघि कतार एयरवेजको सोही विमानबाट नेपाल आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा र बाग्लुङकी १९ वर्षीया युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

    कोरोना भाइरसबाट संक्रमितमध्ये चार जनालाई आइसोलेसनमा राखेर उपचार गरिराखिएको छ भने चीनबाट आएका एक व्यक्ति निको भएर घर फर्किएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.