• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको राहत कोषमा ७ लाख ६५ हजार सहयोग

"लगडाउनको समयमा समस्यामा परेका अति विपन्नलाई राहत वितरण गर्न  "
  •    शुभेच्छा न्यूज  /२० चैत्र २०७६, बिहीबार १७:५२ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा दाताहरुले सहयोग गर्ने क्रम शुरु भएको छ। बिहीबारसम्म विभिन्न संघ संस्था तथा व्यक्तिले महानगरको खातामा ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् ।

    महानगरले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा समस्यामा परेका अति विपन्नलाई राहत वितरण गर्न गत चैत १७ गते २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरी दातासंग सहयोग गर्न आह्वान गरेको थियो ।

    महानगरको राहत कोषमा एनआइसी एसिया बैंकले २ लाख, कोअपरेटिभ मानेजर्स क्लबबाट १ लाख ११ हजार ३ सय ३३, मेजर चन्द्रबहादुर पुनले ५० हजार, नाट्टा प्रादेशिक संघ गण्डकीले ५० हजार आर्थिक सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए।

    यस्तै कञ्चन बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाबाट ३३ हजार २ सय ११, करुणा बचत तथा ऋण सहकारी संस्था ३० हजार सहयोग गरेका छन् ।

    परिचय बचत तथा ऋण सहकारी संस्थाले २५ हजार, मित्रमिलन कृषि सहकारीले २५ हजार, मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेलबाट १० हजार र हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी (साकोस)बाट २० हजार सहयोग गरेको पौडेलले बताए ।

    यस्तै मान्द्रेढुंगा बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाबाट २० हजार, समृद्धि सहकारी संस्थाले २० हजार, टुकुचे बचत तथा ऋण सहकारी संस्था २० हजार, पोखरा १४ फनपार्कका तारानाथ आचार्यले २० हजार सहयोग गरेका छन्।

    यसैगरी सर्वहीत बचत तथा ऋण सहकारी संस्था १५ हजार, सुदृढ परियोजना पोखरा महानगरपालिकाका कर्मचारीबाट १५ हजार सहयोग प्राप्त भएको छ ।

    गण्डक बचत तथा ऋण सहकारी संस्था ११ हजार १ सय ११, मासबार आमा समूहबाट ११ हजार १ सय ११, पाल्पाली बहुउद्देश्यीय सहकारीबाट १० हजार, बाराही कृषि सहकारी संस्था १० हजार, नागरिक समाजका अगुवा रामबहादुर पौडेलबाट १० हजार सहयोग प्राप्त भएको छ।

    यस्तै लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था १० हजार, गन्तव्य अन्नपूर्णबाट १० हजार, किसान जागरण बहुमुखी सहकारीबाट ९ हजार, बाराही कृषि सहकारी संस्थाका अध्यक्ष तारा बरालले १ हजार सहयोग गरेका छन् ।

    पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले एक विज्ञप्ति प्रकाशित गरी पोखरा कार्य क्षेत्र भएका सहकारीलाई सहयोग गर्न आह्वान गरेका छन् ।

    पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने महानगरले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.