• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको वडानं ४ द्धारा ५५ विपन्न परिवारलाइ राहत वितरण

"कसैलाई खान नपाएर भोकै मर्न दिइने छैन  "
  •    शुभेच्छा न्यूज  /२२ चैत्र २०७६, शनिबार १८:०७ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं ४ का विपन्न ५५ परिवारलाई राहत वितरण गरिएको छ ।

    १५ केजी चामल, दुई केजी आलु ,एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, साबुन, बेसार लगायतका सामानको प्याकेज बनाएर प्रत्येकलाइ वितरण गरिएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

    बास्तोलाका अनुसार ३० परिवारलाइ तरुण दल पोखरा महानगर समितिले सहयोग गरेको थियो भने १२ परिवारलाइ लायन्स क्लब अफ पोखरा समृद्धिले सहयोग गरेको थियो ।

    त्यसैगरी १३ परिवारलाइ वडा ४ का स्थानीय समाजसेवी पृथ्वीनारायण क्याम्पसका प्राध्यापक वसन्त पराजुलीले सहयोग गरेको र गोपाल जी स्टोर्स रामकृष्णटोलबाट समेत सहयोग प्राप्त भएको बास्तोलाले बताए ।

    पोखरा महानगरपालिका वडा ४ र त्यससँग जोडिएका छिमेकी वडाका स्थानीय समाजसेवीद्वारा सिफारिस भएर आएका अति विपन्न, विपन्न र अपांगता भएका परिवारलाई राहत वितरण गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।वडाको पहलमा भइरहेको राहत वितरण कार्यक्रमले निरन्तरता पाउने उनले बताए ।

    वडामा रहेका वा वडा भन्दा बाहिर रहेका संघसंस्थाले दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने परिवारलाइ सहयोग गर्न चाहेको खण्डमा वडा—४ समन्वय गर्न तयार रहेको बास्तोलाको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.