• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले स्वीकृती बिना राहत नबाड्न अनुरोध

"अक्षरस पालना गर्न सबैलाई अनुरोध "
  •    शुभेच्छा न्यूज  /२४ चैत्र २०७६, सोमबार १७:४९ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले विभिन्न संघ संस्था र व्यक्तिलाई आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ ।

    कोरोना भाइरसको महामारीको यो क्षणमा स्थानीय तहको स्वीकृत र समन्वय बिना राहत सहयोग संकलन भइरहेको जनगुनासो आएकोले त्यसप्रति महानगरपालिकाको ध्यानकर्षण भएको जनाएको छ ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी विषम पस्थितिमा राहत वितरणलाई व्यवस्थित र एकद्वार प्रणली मार्फत गर्न केन्द्र, प्रदेश र स्थानीय तहले निर्णय गरेकाले यसलाई अक्षरस पालना गर्न सबैलाई अनुरोध गरिएको छ ।

    ‘पोखरा महानगरपालिकाले एकद्धार प्रणालीबाट व्यवस्थित रुपमा राहत वितरणको व्यवस्था मिलाएकाले सहयोग गर्न इच्छुक महानुभावलाई महानगरको विपद् व्यवस्थापन कोष, राष्ट्रिय वाणिज्य बैकको खाता नं. ३०२०३०५०४९४०६ मा सहयोग रकम जम्मा गरिदिनु हुन अपील गर्दछु । विज्ञप्तिमा भनिएको छ ।

    ‘कोरोना भाइरसको महामारीको क्षणमा सबै तह र तप्काका नागरिकहरुमा आफ्नो जीवन रक्षाको सवाल सबै भन्दा प्राथमिकतामा छ रहेको उल्लेख गर्दै विज्ञप्तिमा यस क्षणमा राज्य तहको उपस्थिति र आफ्नो नागरिकप्रतिको दायित्व निर्वाह गर्ने महत्वपूर्ण जिम्मेवारी हाम्रो हो, भन्नेमा महानगरपालिकाको नेतृत्व सजग उल्लेख गरिएको छ ।

    ‘महामारीमा संक्रमण फैलिन नदिन राज्यको अनुरोधलाई स्वीकार गरी आफ्नो दैनिकी सञ्चालन गर्ने नागरिकहरुलाई धन्यवाद दिन चाहन्छु ।’ जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विश्व महामारीको रुपमा आएको कोभिड–१९ बाट पोखरा महानगरपालिका भित्र बसोबास गर्ने विपन्न नागरिकहरुलाई पर्न जाने दैनिकीको असुविधाप्रति पोखरा महानगरपालिका सम्वेदनशील रहेको व्यहोरा सम्पूर्णमा अनुरोध विज्ञप्ति मार्फत गरिएको छ ।

    पोखरा महानगरपालिकाले अति विपन्न, दैनिक ज्यालादारी, मजदुहरुको चुल्हो निभ्न नदिन वडा कार्यालयहरु मार्फत् राहत वितरण व्यवस्था मिलाएको भन्दै विज्ञप्तिमा राहत वितरणसँगै कोरोना संक्रमण फैलिन सक्ने भएकोले यसतर्फ सजग र सतर्क रही व्यवस्थित रुपमा वितरणको व्यवस्था मिलाउन सबै वडा कार्यालयहरुलाई अनुरोध विज्ञप्तिमा अनुरोध गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.