• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्युठानमा १६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

  •    शुभेच्छा न्यूज  /२९ चैत्र २०७६, शनिबार १५:१४ ,  प्रकाशीत
  • सलिम अन्सारी,

    जिल्लामा कोरोना परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    कोरोना संक्रमणको जोखिम बढेसंगै प्युठानको ऐरावती गाउँपालिकाको मोती माध्यमिक बिध्यालय बरौला स्थित क्वारेन्टाइनमा १६ जनामा द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो ।

    गाउपालिका उपाध्यक्ष बुद्ध बस्नेतले सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई यातायात खर्चको ब्याबस्था गरि शनिबार घर पठाइएको जानकारी दिए।

    गाउँपालिकाका अनुसार उनिहरु सबैलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उद्धार गरि क्वारेन्टाईनमा राखिएको थियो।त्यस्तै, स्वर्गद्धारी नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेको एघार जना र ऐरावती ५ स्थित महेन्द्र माबी सराङ्गबेशीको क्वारेन्टाईनमा राखिएका ६ जनालाई समेत घर फर्काईएको छ।

    प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले क्वारेन्टाईनबाट घर फर्काईएकाहरुलाई एक हप्ता घरमै बस्न सुझाब समेत दिइएको जानकारी दिए।

    प्युठान प्रहरीका अनुसार यस अघि कोरोना आशंकामा परिक्षणका लागी पठाईएका जिल्लाका एघार जनाको पनि नतिजा नेगेटिभ आएको थियो ।जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको संख्या ६० जना भन्दा बढी छ।

    प्रहरीको तथ्याकं अनुसार प्यूठानमा भारत तथा तेश्रो मुलुकबाट गरी ३ हजार १६२ जना जिल्ला भित्रिएका छन् । ३ हजार ८८ जना भारत र ७४ जना तेश्रो मुलुकबाट आएका हुन् ।

    स्वास्थ्य प्राविधिक टोलीले जिल्लाको विभिन्न स्थानीय तहका क्वारेन्टाईनमा पुगेर र्‍यापिड टेष्ट गर्न सुरु गरेको छ । सरकारले प्यूठानमा १ सय वटा ‘र्‍यापिड डाईनोष्टिक टेष्ट (आरडिटी)’ पठाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.