• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लकडाउनमा पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य जारी

"आवश्यक सामग्री रोकिए पनि मौज्दात रहेका सामग्रीको प्रयोग गरेर विमानस्थल निर्माणको काम निरन्तर "
  •    शुभेच्छा न्यूज  /१ बैशाख २०७७, सोमबार १३:५३ ,  प्रकाशीत
  • कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारी रोक्नका लागि नेपालमा लकडाउन गरिए पनि राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणको काम भने निरन्तर भइरहेको छ ।

    लकडाउनका कारण विमानस्थल निर्माणका लागि आवश्यक सामग्री रोकिए पनि मौज्दात रहेका सामग्रीको प्रयोग गरेर विमानस्थल निर्माणको काम निरन्तर भइरहेको हो ।

    चिनियाँ कम्पनी सीएमसीले निर्माणको जिम्मा पाएको विमानस्थलमा कार्यरत कर्मचारीहरूको स्वास्थ्यमा विशेष ख्याल गर्दै निर्माणको कामलाई निरन्तरता दिइरहेको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।

    सरकारले लकडाउनको घोषणापछि १६० जना नेपाली कामदारलाई घर पठाइए पनि २७१ चिनियाँ र १०० जना नेपाली कामदारलाई विमानस्थलभित्रै लकडाउन गरेर निर्माणको कामलाई निरन्तरता दिइएको मुनकर्मीले बताए।

    अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने १६० सिट क्षमताका ‘फोरडी’ विमान अवतरण गर्नसक्ने गरी निर्माण गरिएको विमानस्थलको रनवे, ट्याक्सीवे, एप्रोन, इमिग्रेसन क्यानल, माटो काट्ने, फिलिङ गर्ने, दायाँ बायाँ मैदान बनाउने, १४ वटा बिल्डिङको स्ट्रक्चर निर्माण गरी ५६ प्रतिशत काम सकिएको र अन्य डेकोरेसनको काम बाँकी रहेको छ ।

    विमानस्थलमा कार्यरत कामदार चाड मनाउनका चीन गएकै बेला कोरोना भाइरसको सङ्क्रमण देखिएपछि केही समय फिर्ता हुन नपाएका कामदार चीनमै १४ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ रहेको प्रमाणपत्रका आधारमा काममा खटाइएको थियो ।

    सरकारले घोषणा गरेको लकडाउनका कारण विमानस्थलबाहिर गर्नुपर्ने काम नभए पनि भित्र गर्नुपर्ने काम भइरहेको मुनकर्मीको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.