जनप्रतिनिधि हुनुपो यस्तो ; स्थानिय जनतालाई रोग र भोकबाट बचाउन दिन रात खटिन्छन् जनप्रतिनिधि
"कसरी जनतालाइ बचाउने विपन्नलाइ कसरि राहत पुर्याउने भन्नेमा केन्द्रित "
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान
राज्य पुर्नसंरचना पछि संघ प्रदेश र स्थानिय तहको निर्वाचन भएको ३ वर्ष पुरा भएको छ । तिनै तहमा निर्वाचित जनप्रतिनिधीहरु क्रियाशिल रहेका छन ।पछिल्लो चरण तिनै जनप्रतिनिधी जनताका वास्तविक अभिभावक बनिरहेका छन ।
यतिवेला विस्व कोभिड 19 को महामारीमा जुद्धै छ । यो महामारीबाट कसरी बच्ने भन्नेमा नेपाल सरकार पनि लाग्दै गर्दा प्रधानमन्त्री मन्त्री प्रदेश सरकारका मन्त्री साँसद तथा स्थानिय तहका जनप्रतिनिधिलाई कसरी यो संक्रमणबाट बचाउने र कसरि महामारी कम गर्ने भन्ने पिरलो छ ।
अझै स्थनिय निकाय त जनताको वास्तविक अभिभावक बनि रहेको छन। रुरु ३ का वडाअध्यक्ष शेषनारायण पौडेल कोरोना संक्रमणबाट सरकारले लकडाउन गरिरहँदा वडाका अअ९फ्ना सहयोगीहरुसँग जोखिम मोलेर वडाभित्र भारत तथा वाहिरवाट अएकाहरुका घरघर पुगेर तथ्याँडक सँकलन र कसरि सुरछित वस्ने भनेर सिकाउँदै छन्। यो उनको दायित्व कर्तव्य र जिम्मेवारिवोध थियो /
यतिवेला वडाध्यछ पौडल विपन्न जनतालाइ राहत बाँडने काममा व्यस्त छन्।त्यसोत रुरु गाउँ पालिका भित्रका सवै वडाअध्यक्षहरुको व्यस्तता कोभिड 19 को सँक्रमणबाट कसरी जनतालाइ बचाउने विपन्नलाइ कसरि राहत पुर्याउने भन्नेमा केन्द्रित छ ।
रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको मोबाइल चौविसै घण्टा व्यस्त छ। गाउँपालिका भित्रको अपडेट निर्देशन र ब्यवस्थापन नै अध्यछ गौतमको दिनचर्या बित्ने गरेको छ।
कोभिड 19 को सँक्रमणबाट कसरि जनतालाइ मुक्त राख्ने कसरि जनप्रतिनिधि सँगै कर्मचारी तथा स्वास्थ कर्मी परिचालन गर्ने र राहतको व्यवास्थापन गर्ने भन्ेमै चिन्तनमा चौविसै घण्टा वडाअध्यक्ष गौतम चिन्तीत हुने गर्दछन् ।
मेरो गाउँपालिका भित्र कसैलाइ भोको रहन दिन्न सवै व्यवस्थापन मिलाउँछु गौतम भित्रका अभिभाकत्व झल्किन्छ जसले रुरु गाउँ पालिका भित्रका जनतामा आत्मबल बढाउँछ ।
प्रदेश साँसद कमल राज श्रेष्ठ पनि आफ्नो निर्वाचन छेत्रमा वसेर समग्र जिल्लाको कोरोना गतिविधिबारे अपडेट र कसरि महामारिबाट बच्ने र राहत व्यवस्थापन गर्ने भन्नेमा कृयाशिल भएका छन्। उनी सचेतना समेत फैलाउँदै हिड्नृ गरेका छन् ।
त्यसोत प्रतिनिधि सभाका साँसद गोकर्ण विष्ट र परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीले पनि आआफ्नो तर्फबाट गरेका प्रयास स्थानिय रेडियोहरुले दिनदिनै जसो प्रसारण गरिरहेका छन ।
Related