• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा लेखनाथमा लकडाउनको उल्लंघन गर्नेको संख्या बढेपछि थप कडा बनाइदै

"लकडाउनको उल्घंन गरेको जानकारी आएको भन्दै थप कडा बनाउने निर्णय  "
  •    शुभेच्छा न्यूज  /४ बैशाख २०७७, बिहीबार १५:४१ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं. ३० मा आज विहान बसेको सर्वपक्षिय बैठकले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको छ ।

    वडा नंं ३० का अध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले राहत वितरणको समिक्षा गर्दै, स्थानीयबाट लकडाउनको उल्घंन गरेको जानकारी आएको भन्दै थप कडा बनाउने निर्णय गरिएको वडा सचिव दुर्गा न्यौपानेले जानकारी दिईन ।

    लकडाउनमा घर बाहिर ननिस्कन आग्रह गदै, वडामा माइकिङ गने, सुरक्षा व्यवस्था कडा बनाउने, राहत नपुगेका ठाउँका अति विपन्न परिवारको लगत संकलन गने, लगायतका क्रियाकलाप गरिने पनि सचिव न्यौपानेले बताईन ।

    सर्वपक्षिय बैठकमा जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न क्लव, महिला समूह, सुरक्षा निकायका प्रतिनिधिहरु को सहभागिता रहेको थियो ।

    राहत बितरण प्रभावकारी र सहज ढंगले भएको समिक्षा गर्दै, महानगरबाट प्राप्त राहत ४ सय ७१ जना बिपन्न परिवारमा पुर्याईएको र लायन्स क्लव अफ लेखनाथले २४ र वडा नं. ३० निवासी शिवप्रसाद न्यौपानेले १ सय ७५ जनालाई राहत बितरण गरेको बिबरण प्राप्त भएको सचिव न्यौपानेले जानकारी दिईन ।

    राहत बितरणमा सहयोग गर्ने राजनितिक दलका स्थानीय नेता तथा कार्यकर्ता, टोल बिकास संस्थाका प्रतिनिधि, महिला समूह, युवा क्लव, नागरिक समाजका अगुवा, सुरक्षाकमी एवं कर्मचारीहरुलाई धन्यवाद ज्ञापन पनि बैठकले गरेको छ ।

    साथै वडावासीलाई लकडाउन अवधिभर घर वाहिर ननिस्कन, विदेशबाट आएकाहरु अनिवार्य क्वारिन्टाइनमा बस्न, कोभिड १९ का लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा खवर गर्न आग्रह गरिएको छ।

    यस्तै वडामा अप्ठ्यारो अवस्थामा रहेकालाई उद्धार तथा सहयोग गर्न वडा कार्यालय तयार रहेको बताईएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.