• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा वडानं ४ मा स्वस्फुर्त राहत उपलब्ध गराउनेको संख्या बढ्दै

"वडाअध्यक्ष शंकर प्रसाद बास्तोलाको आग्रहमा विभिन्न ब्याक्ति र संघसंस्थाले स्वस्फुर्त रुपमा राहत उपलब्ध "
  •    शुभेच्छा न्यूज  /५ बैशाख २०७७, शुक्रबार १९:०४ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं ४ मा ठुलो संख्यमा राहत संकलन भएको छ। वडाअध्यक्ष शंकर प्रसाद बास्तोलाको आग्रहमा विभिन्न ब्याक्ति र संघसंस्थाले स्वस्फुर्त रुपमा राहत उपलब्ध गराएका हुन्।

    स्वस्फुर्त रुपमा सहयोग गर्ने विभिन्न ब्याक्ति र संघसंस्था लगायतका दाताहरुको वडाले नाम सार्वजनिक गरिएको छ ।

    पोखरा महानगरपालिका कार्यालयबाट पुरा प्याकेज र आधा प्याकेज गरि रु ८ लाख ७१ हजार बराबरको राहत बाहेक अन्य संघसंस्था, व्यवसायिक प्रतिष्ठान र व्यक्तिमार्फत उपलब्ध भएको राहत प्याकेज सार्वजनिक गरिएको हो ।

    पोखरा महानगरपालिका वडा नं ४ ले वितरण गरेको राहतमा मुनाल स्टोर्स चिप्लेढुङगाबाट जिरा मसिना चामल ५ बोरा, नुन ३५ पोका, सावुन लाइफ ब्वाइ ३० वटा गरि रु १० हजार ५ सय बराबरको राहत प्राप्त भएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी गराए ।

    उनका अनुसार विनायक फ्रेस हाउस(प्रविन पालिखे) बाट जिरा मिसना चामल ५ बोरा, नुन २० पोका, दाल १ बोरा गरि रु १२ हजार ५ सय बराबरको, भागीरथ स्टोर्स चिप्लेढुङ्गाबाट जिरा मसिना १ बोरा, सोनम जिरा मसिना चामल १ बोरा, नुन २० पोका गरि रु.४ हजार ५ सय ५० बराबरको, गोपालजी स्टोर्स (रामृकष्ण टोल) बाट चामल ३ बोरा, दाल २५ केजी, केराउ २५ केजी, नुन २५ पोका, तेल १२.५ लिटर गरि रु.११ हजार ५० बराबरको राहत उपलब्ध भएको छ ।

    यस्तै, देविप्रसाद पराजुली चिप्लेढुंगाबाट रु.४ हजार ९ सय ४५ बराबरको सन फ्लावर तेल, बसन्तप्रसाद पराजुली (प्रा. पृथ्वीनारायण क्याम्पस) चिप्लेढुङ्गाबाट ७ जनालाइ रु. ७ हजार बराबरको आधा प्याकेज, पोखरा—४ निवासी गोप्यदानदातामार्फत ५० जनालाइ रु ५० हजार बराबरको आधा प्याकेज, मानकाजी माकाजु र उनको परिवार महेन्द्रपुलमार्फत ५० जनालाइ रु ५० हजार बराबरको आधा प्याकेज, भूविन शेरचन मुस्ताङचोक हाल बाल्टीमोर युएसए मार्फत ५० जनालाइ रु ५० हजार बराबरको आधा प्याकेज र लायन्स अफ समृद्धिबाट १२ जनालाइ रु १२ हजार बराबरको आधा प्याकेज राहत प्राप्त भएको वडाध्यक्ष बास्तोलाले बताए ।

    वडाअध्यक्ष बास्तोलाले वडामा भएका अति विपन्न, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, एकल महिलालाइ विशेष प्राथामिकता दिइ राहत उपलब्ध गराउने जानकारी गराएका छन् ।

    राहतका लागि वडाध्यक्ष, राहत वितरण कार्यक्रमका संयोजक, वडा सचिव, वडा सदस्यहरुलाइ सम्पर्क गर्न सकिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.