जनकपुरधामको महावीर चोकस्थित सडकमा पैसा फालेर त्रास फैलाउने दुई महिलाको र्यापिड डायग्नोस्टिक टेस्टमा कोरोनो पोजेटिभ देखिएको छ।
हिजो सडकमा पैसा फालेर भागेको दुईजनालाई प्रहरीले आज पक्राउ गरी आरडिटीमार्फत कोरोना परीक्षण गरिएको थियो। त्यसक्रममा दुईजनाको नतिजा पोजेटिभ देखिएको हो। उनीहरूको नमुना संकलन गरी पिसिआर विधिमार्फत परीक्षणका लागि जनकपुर पठाइएको छ।
प्रहरीले सिसिटिभी क्यामेराको फुटेजको आधारमा धनौजी गाउँपालिका ५ बहुअर्वाकी ५० वर्षीया अमुना खातुन र उनकी नन्द जनकपुरधाम ७ की ३५ वर्षीया अलिना खातुनलाई प्रहरीले पक्राउ गरेको थियो। जनकपुरधाम उपमहानगरपालिका ७ बाट पक्राउ परेका उनीहरूलाई प्रहरीले कोरोना परीक्षणका लागि प्रादेशिक अस्पताल लगेको थियो।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले पैसामा थुकेर कोरोना भाइरस फैलाउने प्रयास गरेकाले दुवैको कोरोना परिक्षण गर्न अस्पताल लगिएको जानकारी दिए।

Related