उदयपुरमा थप आठ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार केही दिनअघि कोरोना देखिएका १२ को सम्पर्कमा रहेका आठ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका आठै जनालाई विराटनगरस्थित कोरोना अस्पताल लगिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ पुगेको छ ।
त्रियुगा नगरपालिका-३ भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना देखिएको थियो। मुस्लिम समुदायका ११ भारतीय र एक जना नेपालीमा कोरोना देखिएको थियो।
‘उनीहरूको सम्पर्कमा रहेकाहरूको स्वाब परीक्षणका लागि विराटनगर ल्याइएकामध्ये आठ जनामा पोजेटिभ देखिएको हो,’ मन्त्री कार्कीले भने।
उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढाका अनुसार कोरोना देखिएका सबै मस्जिद नजिकै बसोबास गरिरहेका व्यक्ति हुन्।
sorce healthpostnepal.com

Related